एम्बुलेन्स दुर्घटनामा चालकको निधन
प्रकाशित मितिः २ चैत्र २०८१, आईतवार १३:४३
एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन भएको छ। उदयुरगढी गाउँपालिका ६ (साविक पञ्चावती गाविस ४) स्थायी घर भएका २४ वर्षीय आशिष राईको मोरङमा भएको दुर्घटनामा परी निधन भएको हो।
शनिबार राति पौने ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका ३ मा अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको





