☰ open Loading... 23 November 2024|  

कृषि/पशु

हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

    प्रकाशित मितिः १३ भाद्र २०८१, बिहीबार १८:१०
घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्‍याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन्। घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन्। मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए। यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उनले उल्ले
मकैबाली जंगली जनावरले नष्ट

मकैबाली जंगली जनावरले नष्ट

    प्रकाशित मितिः २८ श्रावण २०८१, सोमबार ०६:१८
दाना लाग्न नपाउँदै मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन्। वनजंगलनजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीनालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित बनेका हुन्। मिहिनेतका साथ हुर्काएको मकै रातको समयमा आएर बँदेलले क्षति गरेपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छत्रेश्वरी गाउँपालिका– ५ का देवीलाल भण्डारीले बताए। उनले भने, ‘पहिलेदेखि नै बाँदरले सताउन
बोइलर कुखुराको कलेजो नखानू

बोइलर कुखुराको कलेजो नखानू

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:१९
बढी मात्रामा दैैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ। पछिल्ला प्रतिवेदनहरूले कुखुराको मासुका नमुनामा एन्टिबायोटिकको मात्रा बढी रहेको औंल्याएका छन्। अझ मासुमा भन्दा कलेजोका नमुनाहरूमा एन्टिबायोटिक बढी देखिएको छ। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको
जुम्लामा चट्याङ लागेर १२९ भेडा मरे

जुम्लामा चट्याङ लागेर १२९ भेडा मरे

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार २१:२४
जुम्लाको तिला गाउँपालिका-७ स्थित देउली पाटनमा चट्याङका कारण १२९ भेडाहरू मरेका छन्। मंगलबार दिउँसो चराइराखेको समयमा चट्याङ पर्दा १७ जना किसानका एक सय २९ भेडा मरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालले कुल ८३१ भेडाबाख्रा पाटनमा लगिएकोमा चट्याङका कारण १२९ वटा भेडा मरेको जानकारी दिएका छन्। ५६ वर्षीय लालसिंह रोकाया र २५ वर्षीय बीरबहादुर रोकाया चट्याङमा परेर घाइते भए पनि उनीहरूक
जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

    प्रकाशित मितिः १६ श्रावण २०८१, बुधबार ११:२२
जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबह
एक वर्षमा कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

एक वर्षमा कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

    प्रकाशित मितिः १५ श्रावण २०८१, मंगलवार ०९:१५
आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो। मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृष
घाँसको भारी !

घाँसको भारी !

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार १३:२६
कर्णाली राजमार्गस्थित सुर्खेतको बराहताल गाउँपालिका भवन नजिक बनबाट घाँस लिएर घरतिर फर्कर्दै महिलाहरु । बस्तुभाउका लागि महिनाहरुले दैनिक यसरी नै घाँस ल्याउनुपर्ने बाध्यता रहेको छ । तस्विर ः पश्चिमनेपाल
बङ्गुर पालेरै लाेभलाग्दाे आम्दानी

बङ्गुर पालेरै लाेभलाग्दाे आम्दानी

    प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार १२:२२
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्। पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन्। उनी व्यावसायिक बङ्गुरपालन र फलफूल खेतीमा जुटेका छन्। उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिची लगायत खेती गर्दै आएका छन्। बङ्गुर फार्मबाट उत्पादन हुने
कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

    प्रकाशित मितिः १ श्रावण २०८१, मंगलवार ०९:०८
कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् । खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए । “प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्”, उनले भने, “स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घ
बगैंचामै आँप छान्दै ग्राहक

बगैंचामै आँप छान्दै ग्राहक

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार १६:५७
सुर्खेतको लेकबेंसी नगरपालिका –४ स्थित कृषि अनुसन्धान निर्देशनालयभित्र रहेको आँपको बगैंचामा किनेर घर लान आँप छान्दै ग्राहकहरु । निर्देशनालयले ठेकेदार मार्फत आँप बेच्ने गरेको छ । सस्तोमा ठेक्का लिएर ठेकेदारले बगैंचामै मंहगोमा विक्रि गर्ने गरेको छ । ५० रुपैँया काँचो आप र ६० रुपैँया पाकेको आँप रुखमै विक्रि गर्ने गरेको छन् । १ लाख ६६ हजार रुपैँयामा आँप र लिची ठेक्का लिएको निर्देशनालयले जनाएको छ ।