☰ open Loading... 25 December 2024|  

देश

चिसो बढ्दै

चिसो बढ्दै

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार ०९:३८
नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम
आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा

आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार ०९:३५
दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन्। सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन्। सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ।
आज पनि दसैंको टीका लगाइँदै

आज पनि दसैंको टीका लगाइँदै

    प्रकाशित मितिः २८ आश्विन २०८१, सोमबार ०८:११
बडादसैंको द्वादशी आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ। विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ। टीकाको दिन आआफ्ना घरमा मान्यजनको हातबाट टीका लगाएसँगै टाढा रहेका आफन्तकोमा टीका लगाउने जाने प्रचलन छ। कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टी
पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना

    प्रकाशित मितिः २८ आश्विन २०८१, सोमबार ०८:०७
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत
दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

    प्रकाशित मितिः २६ आश्विन २०८१, शनिबार ०८:१५
बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ । परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्
विजया दशमीको मुख्य दिन आज टीका, उत्तम साइत ११ बजेर ३६ मिनेट

विजया दशमीको मुख्य दिन आज टीका, उत्तम साइत ११ बजेर ३६ मिनेट

    प्रकाशित मितिः २६ आश्विन २०८१, शनिबार ०८:०६
बडा दसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ। सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ। देवी
आज महाअष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाअष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

    प्रकाशित मितिः २५ आश्विन २०८१, शुक्रबार १०:२७
बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवती
नवरात्रको सातौँ दिन फूलपाती : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै

नवरात्रको सातौँ दिन फूलपाती : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै

    प्रकाशित मितिः २४ आश्विन २०८१, बिहीबार १०:४५
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्। उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो
आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै

आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै

    प्रकाशित मितिः २३ आश्विन २०८१, बुधबार ०९:४७
आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना
धौलागिरि आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

धौलागिरि आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

    प्रकाशित मितिः २२ आश्विन २०८१, मंगलवार १६:२४
धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो। पाँचै जनाको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको निर्देशक गुरूङले बताए। १४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि आएका थिए। उनीहरू २०-२२ दिन अगाडि नै आएर पर्वतारोहणका लागि आएका थिए। धौलागिरि आरोहणका लागि गए