☰ open Loading... 28 September 2025|  

देश

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:४०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो। विस्तृत आउन बाँकी।
दुई लाखको बाटोमा सुन

दुई लाखको बाटोमा सुन

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १३:१२
बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो
कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार ०६:४९
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउसो देशभर आंशिकदेखि स
आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:४८
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ
घरेलु टोली कर्णालीसहित सुदर पराजित

घरेलु टोली कर्णालीसहित सुदर पराजित

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:३८
कर्णालीको वीरेन्द्रनगरमा सुरू १६ वर्ष मुनिको टिबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कोशी प्रदेशले विजयी सुरूवात गरेका छन । कालुङ्चौक क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले घरेलु टोली कर्णालीलार्इ ९२ रनले स्तब्ध पार्दै विजयी सुरूवात गरेको हो। २१५ रनको लक्ष्य पाएको घरेलु टोली कर्णाली निकै फितलो ब्याटिङ गर्दै २५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १२२ रनमै समेटिन पुग्यो। कर्
यु-१६ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिममाथि कोशीको जीत

यु-१६ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिममाथि कोशीको जीत

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:०९
नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टी.बी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा पूर्वको कोशी प्रदेशले सुदूर पश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै
प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:०९
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ। बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको मनसुन निष्क्रिय हुँदा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ। मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिन निष

आजदेखि सार्वजनिक यातायात ठप्प

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार ०६:४७
यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्
४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा  कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १०:५५
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए । सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थप
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार ०६:२६
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम