आज आस्थाको महापर्व छठ
			      
						
प्रकाशित मितिः १० कार्तिक २०८२, सोमबार ०७:५० 
		
		
		
			दीपावली र भाइटीका (भातृद्वितिया) लगायतका पर्वहरू सम्पन्न भएलगत्तै मिथिलाञ्चलमा आस्थाको महापर्व छठको रौनक सुरु भएको छ। मिथिला क्षेत्रका प्रमुख पर्वहरूमध्ये छठको विशेष स्थान छ। यस पर्वको तयारी ५ देखि ७ दिनअघि नै सुरु हुने गर्दछ र कार्तिक शुक्ल चतुर्थी तिथिबाट विधिवत् सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान उषा अर्घ दिएर सम्पन्न हुन्छ।
यो पर्वमा मुख्यगरी प्रत्यक्ष देवता सूर्यदेवको उपासना गरिन्छ ।		
		
	


