☰ open Loading... 29 September 2025|  

देश

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

७ स्थानीय तहमा मेगा किचेन कार्यक्रम

    प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:३७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ प्रदेशको ७ वटा पालिकामा मेगा किचेन सञ्चालन गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई ५० लाखको  दरले बजेट तथा कार्यक्रम पठाइएको छ । मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, द
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

    प्रकाशित मितिः ८ फाल्गुन २०८१, बिहीबार १३:४०
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ। बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ।
मधेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना

मधेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना

    प्रकाशित मितिः ८ फाल्गुन २०८१, बिहीबार ०७:३०
आज  देशैभर मौसम बदली भएको छ । तराई- मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशमा भने मौसम आंशिक रुपमा बदलिएको भए पनि वर्षाको सम्भवना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । आज दिउँसो सुदूरपश्चिम,
सुर्खेतबाट काठमाडौं जान लागेको बस दाङमा दुर्घटना

सुर्खेतबाट काठमाडौं जान लागेको बस दाङमा दुर्घटना

    प्रकाशित मितिः ७ फाल्गुन २०८१, बुधबार ०८:४७
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो। मंगलबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले नागरिक न्युजलाई जानकारी दिए। दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ।
सेतीका डाक्टरमाथि हातपात

सेतीका डाक्टरमाथि हातपात

    प्रकाशित मितिः ६ फाल्गुन २०८१, मंगलवार ११:३७
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. वेदप्रकाश पन्तमाथि सोमबार बिहान एक जना बिरामीका कुरुवाले हातपात गरेका छन् । आइसीयूबाट बाहिर निस्कने क्रममा ढोकामै आफूमाथि हातपात गरेको र चस्मा फुटेको डा. पन्तले बताएका छन् । धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानाले डा पन्तमाथि मुक्का प्रहार गर्दै हातपात गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले बताए । उनले वि
सुनको मूल्यमा वृद्धि, चाँदी पनि बढ्यो

सुनको मूल्यमा वृद्धि, चाँदी पनि बढ्यो

    प्रकाशित मितिः ५ फाल्गुन २०८१, सोमबार ११:४१
स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। आइतबार प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ६८ हजार ७०० रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९७० रुपैयाँमा पुगेको छ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

    प्रकाशित मितिः ४ फाल्गुन २०८१, आईतवार ०७:२०
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको शनिबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको र डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो।
दैलेखको राकममा कर्णाली प्रतिष्ठानको ‘स्याटेलाइट’ अस्पताल

दैलेखको राकममा कर्णाली प्रतिष्ठानको ‘स्याटेलाइट’ अस्पताल

    प्रकाशित मितिः ३ फाल्गुन २०८१, शनिबार १२:५१
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल संचालन गर्ने भएको छ । राकममा यसअघि नै प्रतष्ठिान मातहत अस्पताल संचालनको पहल भइरहेको थियो । संघीय मन्त्रिपरिषद्ले सोमबार राकम कर्णालीमा रहेको आधारभूत अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेसँगै राकममा ५० शय्याको अस्पताल बन्ने भएको हो । कर्णाली र सुदूरपश्चिमका झण्डै
पाँच प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

पाँच प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

    प्रकाशित मितिः ३ फाल्गुन २०८१, शनिबार ०९:३०
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लाग्ने हुनाले य
सुनको भाउ तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ

सुनको भाउ तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ

    प्रकाशित मितिः १ फाल्गुन २०८१, बिहीबार १५:४२
बिहीबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९३० रुपैयाँ रहेको चाँदी आज १९६५ रुपैयाँ कायम भएको छ ।