☰ open Loading... 4 November 2025|  

देश

सुन तस्करीको आरोपमा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

सुन तस्करीको आरोपमा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

    प्रकाशित मितिः २६ आश्विन २०८२, आईतवार २०:१८
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ। उनलाई आइतबार पक्राउ गरिएको हो। विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट २०७९ साल पुस १० गते नेपाल आएका चिनियाँ नागरिकले ल्याएको ७३० था
सुनको मूल्य घटबढ

सुनको मूल्य घटबढ

    प्रकाशित मितिः २६ आश्विन २०८२, आईतवार ११:५२
साताको सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि यो दुई लाख ३५ हजार रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला तीन हजार १२५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।
आज शुक्रबार कर्णालीसहित दुई प्रदेशमा वर्षाको सम्भावना

आज शुक्रबार कर्णालीसहित दुई प्रदेशमा वर्षाको सम्भावना

    प्रकाशित मितिः २४ आश्विन २०८२, शुक्रबार ०६:३९
सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार १४:११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन‍ खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ । अख्तियारले भण्डारीसहित प्रतिष्
सुनको मूल्यमा नयाँ कृतिमान : दुई लाख ३९ हजार नाग्यो

सुनको मूल्यमा नयाँ कृतिमान : दुई लाख ३९ हजार नाग्यो

    प्रकाशित मितिः २३ आश्विन २०८२, बिहीबार ११:३९
पछिल्लो दिनहरूमा सुनकै मूल्य बढ्दै गएको छ। सुनको (बिहिवार) आज मूल्य १२ सय बढेसँगै नयाँ कृतिमानी कायम राखेको हो। सुनको मूल्य २ लाख ३९ हजार ६०० कायम भएको हो । सुनको यो नै आजसम्मको उच्च मूल्य हो।
सडक अलपत्र छाड्ने ठेकेदारको जमानत जफत

सडक अलपत्र छाड्ने ठेकेदारको जमानत जफत

    प्रकाशित मितिः २२ आश्विन २०८२, बुधबार १०:५८
पटक-पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्कीवापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो। १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ जेठ १८ गते
सुनको मूल्य २ लाख ३५ हजार नाग्यो

सुनको मूल्य २ लाख ३५ हजार नाग्यो

    प्रकाशित मितिः २१ आश्विन २०८२, मंगलवार ११:३१
मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।

यसपालीको दशैंआजबाट बिदा

    प्रकाशित मितिः २० आश्विन २०८२, सोमबार ०७:०७
आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य द
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

    प्रकाशित मितिः २० आश्विन २०८२, सोमबार ०६:५९
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, लुम्बिनी,
दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

    प्रकाशित मितिः १९ आश्विन २०८२, आईतवार १३:१६
असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ ज