☰ open Loading... 23 December 2024|  

देश

आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४५
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने
सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १४:५२
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।
साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १२:४१
सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिने भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनले भने, 'पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मुल्यमा ल्यापटप उप
कर्णालीमा हिमपात, यी प्रदेशमा भने वर्षाको सम्भावना

कर्णालीमा हिमपात, यी प्रदेशमा भने वर्षाको सम्भावना

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार ०८:५४
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महा
आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

    प्रकाशित मितिः २५ कार्तिक २०८१, आईतवार ०९:०८
मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। साथै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित
तोलामा सुनको मूल्य  दुई हजारले बढ्यो

तोलामा सुनको मूल्य दुई हजारले बढ्यो

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:१२
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार ०८:५४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो। विमानस्थल स्रोतका अनुसार झण्डै ५ महिना विमानस्थल १४ घण्टा मात्रै सञ्चालन हुनेछ। आजदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन्। यअसघि विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।नेपाल नागरिक उड्डयन
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०७:४३
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
छठ व्रत र सझियाघाट आज

छठ व्रत र सझियाघाट आज

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०७:४०
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्।यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुक
आज दिनभरको मौसम यस्तो छ

आज दिनभरको मौसम यस्तो छ

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ०७:१५
मुलुकका पहाडी भेगका केही स्थानमा अहिले आंशिक बदली भएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा म