☰ open Loading... 23 December 2024|  

देश

आजदेखि छठ पर्व सुरु

    प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:१०
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। चार दिनसम्म मनाइने यस
केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना

केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना

    प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:०३
देशभरको मौसममा आज पनि पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पह
पहाडी भेगमा मौसम वर्षा हुने

पहाडी भेगमा मौसम वर्षा हुने

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:४९
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा म
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित

भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:४२
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कम हुँदा देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेक
भाई टीका लगाउदा को कता फर्कने?

भाई टीका लगाउदा को कता फर्कने?

    प्रकाशित मितिः १८ कार्तिक २०८१, आईतवार ०९:१८
यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि,
आज तिहारको भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेट

आज तिहारको भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेट

    प्रकाशित मितिः १८ कार्तिक २०८१, आईतवार ०९:१४
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। द
आज गाईको पूजा गरिँदै

आज गाईको पूजा गरिँदै

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार ०७:५४
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईक
आज र भोलि देशका केही भागमा पानी पर्ने

आज र भोलि देशका केही भागमा पानी पर्ने

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार ०७:४८
यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । 'आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागक
सुनको भाउ तोलाको १ लाख ७१ हजार

सुनको भाउ तोलाको १ लाख ७१ हजार

    प्रकाशित मितिः १६ कार्तिक २०८१, शुक्रबार १३:१३
सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो । बुधबारका प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको थियो । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक महासंघले यहाँ मूल्य निर्धारण गर्दै आए
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

    प्रकाशित मितिः १५ कार्तिक २०८१, बिहीबार २१:२९
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर