☰ open Loading... 24 December 2024|  

देश

मनाइयो काग तिहार

मनाइयो काग तिहार

    प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १५:५५
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ ।
मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार

मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार

    प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १५:५०
सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासङ्घका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो। यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा
पट्का पडकाउँदा दैलेखका एक बालकको मृत्यु

पट्का पडकाउँदा दैलेखका एक बालकको मृत्यु

    प्रकाशित मितिः १३ कार्तिक २०८१, मंगलवार १३:०८
दिपावलीको पट्का पट्काउदा दैलेख घर भएका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका ३ साई गाउँका भीमबहादुर कठायतका १३ बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् । रकेट वम नामको पट्काको छर्रा दायाँ छातीमा लाग्दा मुटुमा असर पर्न गई मृत्यु भएको जनाईएको छ । दैलेख घर भएका भुपेन्द्र कठायतको भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताए ।
सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

    प्रकाशित मितिः १३ कार्तिक २०८१, मंगलवार १२:११
सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो । यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार
भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार १८:४९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ। यस वर्षको यमपञ्चक अर्थात् ने
आज पनि पहाडी भू–भागमा वर्षाको सम्भावना

आज पनि पहाडी भू–भागमा वर्षाको सम्भावना

    प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार ०८:४६
सिंगैमौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाक
७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएसको पढाई

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएसको पढाई

    प्रकाशित मितिः १० कार्तिक २०८१, शनिबार १८:५२
चिकित्सा शिक्षा आयोग काठमाडौँले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो । विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताए । यसबर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्
नेपालमा हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय

नेपालमा हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय

    प्रकाशित मितिः ७ कार्तिक २०८१, बुधबार ०९:५०
हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ
हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    प्रकाशित मितिः ६ कार्तिक २०८१, मंगलवार ०९:०५
मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया स

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

    प्रकाशित मितिः ५ कार्तिक २०८१, सोमबार ११:५१
सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलनका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च तिर्न नसक्ने त्यस्ता बिरामीको हकमा लागु हुनेगरी यस्तो निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमामाथि छलफल गर्दै यस्तो निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। ‘जलेका सबै बिरामीको उपचार निःशुल्क गर्नुपर्न