☰ open Loading... 5 November 2025|  

अर्थ

रामघाटमा लिची खेतीप्रति बढ्दो आकर्षण

रामघाटमा लिची खेतीप्रति बढ्दो आकर्षण

    प्रकाशित मितिः ४ असार २०८२, बुधबार १४:३१
भेरीगंगा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा मकै खेती गर्ने यहाँका किसानले अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन्। यो क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूल मानिन्छ। पछिल्ला केही वर्षदेखि मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि किसानले बारीका डिल, छेउछाउ र घर आँगनमा लिची र आँपका बिरुवा रोप्न थालेका
अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०९:५५
मृत्यु भएका, उमेर नपुगेका र भारतीय नागरिकलाई समेत गरी साढे ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समितिबाट मिलेमतोमा गैरलाभान्वित व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको भन्दै आइतबार अख्तियारले १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भत्ता लिने र दिने दुवै पक्
कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:३५
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गते मध्य राति मात्र सार्वजनिक गरिएको हो।
दुई सय ३० भेडा किसानले पाए ‘गोठालो भत्ता’

दुई सय ३० भेडा किसानले पाए ‘गोठालो भत्ता’

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:२९
जुम्लाको सिञ्जा गाउँपालिका–६ भाडगाउँका भेडा किसान भीमबहादुर रावतले १८ हजार रुपैयाँ गोठालो भत्ता पाए। सयभन्दा बढी भेडा पाल्ने उनले भत्ताले व्यवसायमा उत्साह थपिएको बताए। ‘गोठालो भत्ताले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको छ,’ उनले भने। त्यस्तै, ८० भेडा पाल्ने हरिबहादुर रावतले संकटमा परेको व्यवसायमा सरकारी सहयोगले खुशी दिएको बताए। ‘सरकारी कर्मचारीले मात्र तलब पाउँछन् भन्ने थियो, भेडा पाल
माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित

माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित

    प्रकाशित मितिः १ असार २०८२, आईतवार १५:४३
कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच सहमति नजुट्दा अनिश्चित बनेको छ। माओवादी केन्द्रले सरकारले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक नगरेरै बजेट ल्याउन खोजेको आरोप लगाउँदै संसद् बैठकमा सहभागी नहुने अडान लिएको छ। माओवादी संसदीय दलको बैठकले योजना बैंकका योजनाहरू पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्
एक तोला सुनको मूल्य झण्डै दुई लाख

एक तोला सुनको मूल्य झण्डै दुई लाख

    प्रकाशित मितिः १ असार २०८२, आईतवार १३:२५
गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य भने स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ। गत जेठ २७ एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु
मुगुममा नियम विपरीत ४८ कर्मचारी नियुक्त

मुगुममा नियम विपरीत ४८ कर्मचारी नियुक्त

    प्रकाशित मितिः ३१ जेष्ठ २०८२, शनिबार ०६:५३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(८) ले प्रस्ट रूपमा भनेको छ, ‘नगर प्रहरी, सवारी चालक, सायस, बगैँचा र लेबरलगायतका पदबाहेक अरू कुनै पदमा सेवा करारमार्फत नियुक्ति दिन पाइने छैन ।’ तर, यही प्रावधानलाई लत्याउँदै मुगुको मुगुम कार्मारोंग गाउँपालिकाले नियम विपरीत ४८ जना कर्मचारी नियुक्त गरी सरकारी बजेटको दुरुपयोग गरेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार ती कर्मचारीलाई तलब भत्ता बापत एक करोड

खेलकुद् परिषद्मा अनियमितता : लेखा अधिकृतले प्रतिस्पर्धा बिनै आफ्नै होटललाई दिए ६१ लाख भुक्तानी

    प्रकाशित मितिः ३० जेष्ठ २०८२, शुक्रबार १७:०२
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र संज्याल र लेखाअधिकृत महाकृष्ण पाण्डेको मिलेमेतोमा गैर कानूनी भुक्तानी दिएको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा प्रतिस्पर्धा सीमित हुनेगरी खरिद गर्न नहुने र खरिद नियमावली, २०६४ को नियम ८५ मा १० लाखसम्म लागत अनुमान भएका मालसामान मात्रै सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर परिषद्का तत्कालिन सदस्य सचिव संज्याल र ल

४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार १६:३७
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो समय ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ। सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो। कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधा
सुनको मूल्य निरन्तर उकालो

सुनको मूल्य निरन्तर उकालो

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ११:१३
गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ। गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा स