☰ open Loading... 5 November 2025|  

अर्थ

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

    प्रकाशित मितिः ५ जेष्ठ २०८२, सोमबार १३:१७
नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदब
जुम्लामा चट्याङ लागेर २० भेडा मरे

जुम्लामा चट्याङ लागेर २० भेडा मरे

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार १५:३५
जुम्लाको गुठिचौर गाउँपालिका झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २० वटा भेडा मरेका छन्। चट्याङबाट दुई जना किसानका २० वटा भेडा मरेका हुन्। शनिबार साँझ पाँच बजेतिर झुलेनीमा परेको चट्याङले जुम्लाको गुठिचौर गाउँपालिका गोठिगाउँका २ जना भेडा पालक किसानका भेडा मरेका हुन्। गाउँपालिका-२ का स्थानीय युवा विरेन्द्र बोहोराका अनुसार हिरबहादुर ऐडी र धनकृष्ण रोकाया भेडा मरेका छन्। पानी परेको बेला रुखमुनी ओतमा बसेक
दाहाललाई काँक्रो उपहार

दाहाललाई काँक्रो उपहार

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार १४:४६
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई एक किसानले दैलेखमा काँक्रो उपहार दिएका छन्। जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमाकिसान नगेन्द्र खड्काले अध्यक्ष दाहाललाई काँक्रो उपहार दिएका हुन्। डोकोमा बोकेर ल्याएको काँक्रो मध्ये खड्काले अध्यक्ष दाहाललाई दुई वटा काँक्रो उपहार दिएका थिए। उनी डोक
पछिल्लो २४ घण्टाको विपद् : ४ जनाको मृत्यु, २८ घाइते

पछिल्लो २४ घण्टाको विपद् : ४ जनाको मृत्यु, २८ घाइते

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार ०६:३५
विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । प्रि-मनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्या

कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो

    प्रकाशित मितिः ३ जेष्ठ २०८२, शनिबार १४:५४
कर्णाली प्रदेश सरकारको बेरुजु घट्दै गएको छ । महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कर्णाली सरकारको बेरुजु १.३७ प्रतिशतले घटेर गत आर्थिक वर्ष (०८०÷०८१) मा १.२२ प्रतिशतमा झरेको हो । उक्त वर्ष महालेखाले कर्णाली प्रदेश सभा, प्रदेश सरकार, मातहतका कार्यालय, समिति तथा अन्य संस्थासमेत गरी १४० वटा निकायको ३७ अर्ब ५८ करोड ६६ लाख रकम बराबरको लेखापरीक्षण गरेको
राउटे बस्तीमा खाद्य संकट

राउटे बस्तीमा खाद्य संकट

    प्रकाशित मितिः ३ जेष्ठ २०८२, शनिबार ०७:११
सरकारले समयमै सामाजिक सुरक्षा भत्ता नदिँदा राउटे बस्तीमा खाद्यान्न संकट देखिएको छ । सुर्खेतमा दुई स्थानमा बस्दै आएको यो समुदायले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएको छैन । राउटेको एक समूह बराहताल गाउँपालिका–९ को सोतखोला किनारमा र अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । सोतखोला बस्तीका मुखिया सूर्यनारायण शाहीको बैशाख १५ गते निधन भएको थियो । अहिले सो बस्ती रानो विनाको मौरीज
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:३६
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले
कर्णालीमा झण्डै ४६ करोड बेरुजु

कर्णालीमा झण्डै ४६ करोड बेरुजु

    प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार १५:१४
कर्णाली प्रदेश सरकारका मातहत ४५ करोड ९४ लाख ८२ हजार रुपैँया बेरुजु कायम भएको देखिएको छ । महालेखा परीक्षकले प्रदेश प्रमुखलाई गरेको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदनमा प्रदेश सरकारी कार्यालय, समिति तथा अन्य संस्थाको गरेर बेरुजु देखाइएको हो । कर्णालीका सबैभन्दा बढी बेरुजु प्रदेश सरकारी कार्यालयको ३४ करोड ९९ लाख २० हजार, समिति तथा अन्य संस्थाको १० करोड ९५ लाख ६२ हजार रहेको छ । जसमा असुल ग
टेरामक्स प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार १३:४२
टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानुनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार आरोपीहरूबाट तीन अर्ब २१ करोड
‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी

‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी

    प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार ०९:०९
कर्णालीका सल्यान र दैलेख जिल्लाका केही स्थानलाई तरकारीको पकेट क्षेत्र मानिन्छ। आम मानिस पनि दैलेखको गुराँसे, सल्यानको कालीमाटीलगायतका क्षेत्रबाट आउने तरकारीलाई आम उपभोक्ता विषादीरहित भन्दै किन्ने गर्छन्। तर आम उपभोक्ताको भान्छामा पाक्ने त्यही तरकारी परीक्षण गर्दा खानै नमिल्ने विषादीले भरिएको पाइएको छ। दुई साताअघि सुर्खेतका थोक विक्रेताले सल्यानबाट नौ क्विन्टल काउली ल्याएका थिए। सुर्खेतमा परी