☰ open Loading... 5 November 2025|  

अर्थ

कपिलवस्तुमा गहुँको उत्पादनमा ३ प्रतिशत बढीले वृद्धि

कपिलवस्तुमा गहुँको उत्पादनमा ३ प्रतिशत बढीले वृद्धि

    प्रकाशित मितिः २१ चैत्र २०८१, शुक्रबार १४:५७
जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ दशमलव १ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। यस वर्ष गत वर्षको तुलनामा कम्तीमा पनि ३ दशमलव १ प्रतिशत बढी उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेको हो । मलको अपर्याप्तता बिच मौसमको अनुकूलता, उन्नत जातको बीउ क्षेत्रफलको बिस्तारका कारण गहुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष ३१ हजार ७३५ हेक्टर क्षेत्रमा
मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

    प्रकाशित मितिः २१ चैत्र २०८१, शुक्रबार ०७:२६
चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन्। यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्य
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

    प्रकाशित मितिः २० चैत्र २०८१, बिहीबार २०:०६
कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ । कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल
भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

    प्रकाशित मितिः २० चैत्र २०८१, बिहीबार ११:३९
आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ। भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको हो। सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिम
सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै

    प्रकाशित मितिः १८ चैत्र २०८१, मंगलवार १४:२९
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ। सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रु एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने स्थिर छ। आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ।
पेट्रोलको मूल्य यथावत्, डिजेल/मट्टितेलमा २ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य यथावत्, डिजेल/मट्टितेलमा २ रुपैयाँ घट्यो

    प्रकाशित मितिः १७ चैत्र २०८१, सोमबार २१:२४
नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो। यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अम
सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

    प्रकाशित मितिः १७ चैत्र २०८१, सोमबार १२:४२
साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ। सोमबार (आज) सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो सँगै यो मूल्य अहिलेसम्मकै धेरै पुगेको छ। आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो। चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

    प्रकाशित मितिः १६ चैत्र २०८१, आईतवार १४:५८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ शय्याको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको ह
दैलेखमा चैत्र २६ देखी बैशाख ५ गतेसम्म महोत्सव हुँदै

दैलेखमा चैत्र २६ देखी बैशाख ५ गतेसम्म महोत्सव हुँदै

    प्रकाशित मितिः १६ चैत्र २०८१, आईतवार १३:४५
दैलेख जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना हुने भएको छ । दैलेख सदरमुकाममा भएको पत्रकार सम्मेलनमा धार्मिक तथा ऐतिहाँसिक दैलेख जिल्लामा यहि चैत्र २६ गतेदेखी बैशाख ५ गतेसम्म दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव २०८१ संचालन हुने महोत्सव मुल समारोह समितिका संयोजक भुपेन्
आज सुनको मूल्यमा कीर्तिमान

आज सुनको मूल्यमा कीर्तिमान

    प्रकाशित मितिः १६ चैत्र २०८१, आईतवार ११:५९
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार (आज) सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो। यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य घटेको छ। यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २