कर्णालीको खाद्यान्न संकट: ६९.५ प्रतिशत परिवार भोकमरीको चपेटामा
			      
						
प्रकाशित मितिः ९ चैत्र २०८१, आईतवार १३:०४ 
		
		
		
			नेपाल संघीयतामा प्रवेश गरेपछि कर्णाली प्रदेशमा अर्बौं बजेट भित्रिए पनि यहाँको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुन सकेको छैन। प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्यांकले कर्णालीमा वार्षिक २३ हजार ४३४ मेट्रिक टन खाद्यान्न अभाव हुने देखाएको छ। यहाँको कुल खाद्यान्न उत्पादन ३ लाख २० हजार ८९० मेट्रिक टन छ, तर जनसंख्याको मागअनुसार ३ लाख ४४ हजार ३२४ मेट्रिक टन आवश्यक पर्छ। यो अभावल		
		
	







