☰ open Loading... 4 November 2025|  

अर्थ

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा

    प्रकाशित मितिः १७ भाद्र २०८२, मंगलवार ०९:११
पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्। दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षे
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १३ भाद्र २०८२, शुक्रबार ०७:५६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ । वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगो माग गर्दै बिहीबार
हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने

हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने

    प्रकाशित मितिः १२ भाद्र २०८२, बिहीबार १४:५४
चीनसँग महत्त्वपूर्ण नाका मानिएको तिब्बतदेखि हुम्ला सदरमुकाम सिमकोटसम्मको सडक चीन सरकारले दुई लेनमा विस्तार गर्ने भएको छ । यसका लागि असार पहिलो हप्तामा १० जनाको चिनियाँ प्राविधिक टोली हुम्ला आएर सडकको सम्भाव्यता र नक्सांकनका लागि आवश्यक अध्ययन गरिसकेको छ । टोलीले हिल्सादेखि सिमकोटसम्मको करिब ९५ किलोमिटर क्षेत्रमा एक हप्ता लगाएर विस्तृत अध्ययन गरेको थियो । टोलीका अनुसार पहिलो वर्ष नक्सांकन र प्
जडीबुटी उल्लेख गरेर वनले जाँचपास गरेको कन्टेनरमा दैलेखमा करोडौंको विद्युतीय चुरोट बरामद

जडीबुटी उल्लेख गरेर वनले जाँचपास गरेको कन्टेनरमा दैलेखमा करोडौंको विद्युतीय चुरोट बरामद

    प्रकाशित मितिः १० भाद्र २०८२, मंगलवार १५:२६
हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल एपीएफ टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरमा ईएलएफबीएआर ब्रान्डका करिब ४० हजार थान भेप बरामद भएको छ । डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन
सुर्खेतमा अवैध नेटवर्किङ ठगीमा संलग्न ८ जना जेल चलान (ठगी धन्दाबारे विस्तृत विवरणसहित पढ्नुहोस्)

सुर्खेतमा अवैध नेटवर्किङ ठगीमा संलग्न ८ जना जेल चलान (ठगी धन्दाबारे विस्तृत विवरणसहित पढ्नुहोस्)

    प्रकाशित मितिः ८ भाद्र २०८२, आईतवार १३:३७
सुर्खेत । अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोगमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रारम्भिक अनुसन्धानमा ६४ लाख रुपैयाँ विगो (मुआब्जा) को मागसहित मुद्दा सुर्खेत जिल्ला अदालतमा दायर गरिएको छ । पीडितहरूका जाहेरी अनुसार प्रत्येक सदस्यबाट प्रति व्यक्ति रु ५० हजा
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

    प्रकाशित मितिः ८ भाद्र २०८२, आईतवार १२:३९
स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु

कर्णालीका डिभिजन वन कार्यालयमा करोडौँको नोक्सानी

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १५:५३
कर्णाली प्रदेशका डिभिजन वन कार्यालयहरूमा करोडौँ रुपैयाँ नोक्सानी हुने गरी लापर्वाही र बदमासी भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। सम्झौता भएका ठूला आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् भने भुक्तानी प्रक्रियामा पनि बेथिति देखिएको छ। मुगु डिभिजन वन कार्यालयले २०७७ मा २ करोड ७९ लाख रुपैयाँमा सुरु गरेको रारा साइकल पदमार्ग तोकिएको समयमा नसकिएर पटक–पटक म्याद थपिँदै अलपत्र छ। ठेकेदारलाई १ करोड
मुगु सडक योजनामा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

मुगु सडक योजनामा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २ भाद्र २०८२, सोमबार २०:३३
अख्तियारले मुगु सोरु गाउँपालिकाको जवलधारा पीसीसी सडक निर्माण योजनामा ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबर अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३६ लाख ४० हजार अनुदान प्राप्त योजनामा तोकिएको काम नगरी बढी मूल्याङ्कन गरिएको आयोगले जनाएको छ।
कर्णालीका नौ जिल्लाका २० पालिकामा फलफूल बगैँचा स्थापना, कृषकलाई अनुदान

कर्णालीका नौ जिल्लाका २० पालिकामा फलफूल बगैँचा स्थापना, कृषकलाई अनुदान

    प्रकाशित मितिः ३१ श्रावण २०८२, शनिबार १२:३०
कर्णाली प्रदेश सरकारले नौ जिल्लाका २० वटा पालिकामा फलफूल बालीको बगैँचा स्थापना गर्न अनुदान दिने भएको छ। प्रदेश सरकारको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत आयोजना कार्यान्वयन एकाइमार्फत कृषि उद्यमी, कृषक समूह तथा सहकारीलाई फलफूल बगैँचा स्थापना गर्न सहयोग गर्न लागिएको हो। आयोजनाका प्रमुख रवीन धितालका अनुसार सन् २०२९ सम्म प्रदेशभर दुई हजार ६०० हेक्टरमा बगैँचा विस्तार गर्ने लक
दैलेखको ग्यास उत्खननमा अलमल

दैलेखको ग्यास उत्खननमा अलमल

    प्रकाशित मितिः २९ श्रावण २०८२, बिहीबार ०७:४६
दैलेखमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनमा देखिए पनि त्यसको थप उत्खनन र व्यावसायिक उत्पादन कसरी गर्ने भन्नेमा अलमल देखिएको छ। चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ५० वर्षलाई पुग्ने प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो। पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा खानी तथा भूगर्भ विभागको समन्वयमा चिनियाँ विज्