राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन
प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ११:३०
कर्णाली छिर्ने प्रमुख नाका बबईमा राजश्व सङ्कलनको नाममा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी परिचालन गरिएको छ।
प्रदेशबाट छुट्टै प्रहरी परिचालन भएसँगै यातायात व्यवसायीहरू पीडित भएका छन्। उनीहरूले चेकजाँचको नाममा अनावश्यक प्रहरीले दुःखदिने गरेको आरोप लगाइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट असईको कमाण्डमा प्रहरी तैनाथ छन् भने जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट हवल्दारको कमाण्ड









