☰ open Loading... 7 November 2025|  

अर्थ

चार सयले बढ्यो सुनकाे मूल्य

चार सयले बढ्यो सुनकाे मूल्य

    प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ११:३१
सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै,सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १७४० रुपैया
ताेलामा एक हजारले बढ्याे सुनकाे मूल्य

ताेलामा एक हजारले बढ्याे सुनकाे मूल्य

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार १२:०३
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रूपैयाँ निर्धारण भएको छ। शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रूपैयाँ निर्धारण भएको छ। यसैगरी चाँदीको मूल्य आज तोल
कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार ११:५७
कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्
९५ वटा खाद्य नमुना गुणस्तरहीन

९५ वटा खाद्य नमुना गुणस्तरहीन

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार ११:४९
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८ सय ५१ वटा खाद्य तथा दाना नमुनाहरूको प्रयोगशालामा परिक्षण गर्दा ९५ वटा गुणस्तरहीन देखिएको छ। गुणस्तरहिन पाइएका उद्योगहरूलाई आवश्यक कारबाही गरिएको कार्यालयले जनाएको छ। गुणस्तर प्रतिकूल पाइएका नमुनाहरू तथा अनुगमनका क्रममा खाद्य ऐन, २०२३ र तथा खाद्य नियमावली, २०२७ को अर्खिलाप कार्य गर्ने खाद्य स्वछच्छतामा गम्भीर लापरबाही गर्ने खा
१८ लाख बढीको खाद्यपदार्थ नष्ट

१८ लाख बढीको खाद्यपदार्थ नष्ट

    प्रकाशित मितिः ११ श्रावण २०८१, शुक्रबार १३:२६
गत आर्थिक वर्षभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० लाख १७ हजार ४ सय ७३ रुपैँया बराबरको खाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरेको छ। अनुगमनका क्रममा उपभोग्य मिति गुज्रिएका तथा लेवल विवरण कैफियत देखिएका र खाद्य स्वच्छताका दृष्टिले खान आयोग्य रहेका खाद्य बस्तुहरु नष्ट गरिएको हो। उक्त कार्यालयले अनुगमनका क्रममा खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली २०२७ को बर्खिलाप कार्य गर्ने तथ
कर्णाली सरकारको २ अर्बभन्दा बढी रकम तालिम, गोष्ठी तथा सेमिनारमा खर्च

कर्णाली सरकारको २ अर्बभन्दा बढी रकम तालिम, गोष्ठी तथा सेमिनारमा खर्च

    प्रकाशित मितिः ११ श्रावण २०८१, शुक्रबार १२:४८
विकासका दृष्टिकोणले सबैभन्दा पछि रहेको कर्णालीमा दैनिकजसो गोष्ठी तथा सेमिनार भइरहन्छन् । सरकारका तर्फबाट मात्र नभइ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पनि विभिन्न कार्यक्रम लिएर कर्णालीमा आउने गरेका छन् । यद्यपि सरकार तथा संघ–संस्थाका त्यस्ता अधिकांश कार्यक्रम प्रदेश राजधानी वीरेन्द्रनगरमै केन्द्रित हुने गरेका छन् । कर्णाली प्रदेश सरकारले त्यस्ता खालका कार्यक्रममा बर्सेनि ठुल
एक वर्षमा रूपैडियाबाट १ अर्ब ११ करोडको आलु आयात

एक वर्षमा रूपैडियाबाट १ अर्ब ११ करोडको आलु आयात

    प्रकाशित मितिः ११ श्रावण २०८१, शुक्रबार ०७:०२
बाँकेको जमुनाह नाकाबाट एक वर्ष अवधिमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ । २०८० साउनदेखि २०८१ असार मशान्तसम्म सो मूल्य बराबरको चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आर्थिक वर्षमा १८ करोड रुपैयाँ बढीको आलु आयात गरिएको हो ।
‘नाक्चे लाग्ना’ नाका खुल्ने

‘नाक्चे लाग्ना’ नाका खुल्ने

    प्रकाशित मितिः १० श्रावण २०८१, बिहीबार ०७:१३
मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ। कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ। प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताए। चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए। नाका खु
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

    प्रकाशित मितिः ९ श्रावण २०८१, बुधबार २१:२३
नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेलरमट्टितेल प्रतिलिटर रु एक
सुनको मूल्य ११ सयले बढ्यो

सुनको मूल्य ११ सयले बढ्यो

    प्रकाशित मितिः ९ श्रावण २०८१, बुधबार १६:२९
स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो। यसअघि साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। बुधबार चाँदी पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५