☰ open Loading... 7 November 2025|  

अर्थ

श्री लालीगुराँस सहकारी ठगीमा नौ विरुद्ध मुद्दा दायर

श्री लालीगुराँस सहकारी ठगीमा नौ विरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार २१:०८
ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी सहित नौ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले नेपाली कांग्रेस सहकारी विभागका पूर्वसचिव समेत रहेका भण्डारी सहित नौविरुद्ध मुद्दा दाय
एक लाख घुससहित पक्राउ परेका इञ्जिनियरविरुद्ध मुद्दा दायर

एक लाख घुससहित पक्राउ परेका इञ्जिनियरविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार १९:१९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो। आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विश
८५ करोडको कोदो आयात

८५ करोडको कोदो आयात

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार ०९:१७
र्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए। उनका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा
घट्यो कुखुराको मासुको मूल्य

घट्यो कुखुराको मासुको मूल्य

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार ०८:२६
देशभर कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ। साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको बेलबासेले बताए। खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको उ
अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

    प्रकाशित मितिः ८ श्रावण २०८१, मंगलवार ०८:२१
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि पाँच लाख बजेट खर्च गरिएकामा चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेक
पेट्रोलियम पदार्थको अन्वेषण स्थल

पेट्रोलियम पदार्थको अन्वेषण स्थल

    प्रकाशित मितिः ७ श्रावण २०८१, सोमबार १३:११
दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणको लागि ड्रिल गर्दै । २०८१ बैशाख १३ गतेबाट अन्तिम अन्वेषणको ड्रिलिङ सुरु भएको थियो । १ किलोमिटर तलसम्म डिल भईसकेको जनाईएको छ ।  
सुनकाे मूल्य एक सयले बढ्याे

सुनकाे मूल्य एक सयले बढ्याे

    प्रकाशित मितिः ७ श्रावण २०८१, सोमबार १२:५३
स्थानीय बजारमा आज (सोमबार) सुनकाे मूल्य एक सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार १९:०३
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

सुनको मूल्य १३ सय रुपैयाँले घट्यो

    प्रकाशित मितिः ६ श्रावण २०८१, आईतवार ११:१७
स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। यसैबीच चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार १२:२३
चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो । आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो