
पहिरोमा एकै परिवारका ७ जना
प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०६:५४
दिनभरि बिहेमा बाजा बजाएर बिहीबार राति घर फर्किएपछि ४६ वर्षीय कुलबहादुर परियार माइती आएका छोरीज्वाइँसँग गफिँदै थिए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा ढुंगा र माटोको कच्ची घर पछाडि सानो पहिरो थुप्रिएको थियो । पानीको मूल पलाएको थियो । त्यही पहिरो सफा गर्ने ज्वाइँससुराको योजना पूरा हुन पाएन । राति १० बजे आएको पहिरोले कुलबहादुरसहित एकै परिवारका ७ जनालाई पुर्यो ।
उनकी पत्नी ४३ वर्षीया मनकुमारी