☰ open Loading... 24 February 2025|  

स्थानीय सरकार

बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

बाढीपहिरोमा परेर हालसम्म ७० को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १४:२६
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

वर्षात सुरु भएयता बाढीपहिरोले १५ को मृत्यु

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३५
अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयले बाढीपहिरोमा परी शनिबार र आइतबार मात्रै काठमाडौं उपत्यकासहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा १५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार यताको भारी वर्षात्का कारण सबैभन्दा बढी गण्डकी प्रदेशम
आज पनि देशका केही भागमा भारी वर्षा हुने

आज पनि देशका केही भागमा भारी वर्षा हुने

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:३०
हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्
बाढीले कैलालीको जनजीवन प्रभावित

बाढीले कैलालीको जनजीवन प्रभावित

    प्रकाशित मितिः २४ असार २०८१, सोमबार १०:२१
लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्
सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

सुर्खेतमा खोलाले बगाउँदा बालिका बेपत्ता

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३५
सुर्खेतमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन्। सुर्खेतको सिम्ता गाउँपालिका–९ खान्मकी ९ वर्षीया मनीषा बादी खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। आइतबार दिउँसो स्थानीय कुदाल खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
एक महिनामा ६२ जनाको मृत्यु

एक महिनामा ६२ जनाको मृत्यु

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार २१:३१
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्
अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२५
शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ । विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थाप
पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

पहिरोले सुर्खेत–दैलेख सडक पनि अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:२१
अविरल वर्षातका कारण पहिरो गएर सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ । उक्त सडकको गुराँस गाउँपालिका–४ तालपोखरी र रिठाको बिचमा पहिरो गएको हो । दैलेख प्रहरीका अनुसार बाटो पूर्ण रूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।
कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा बिहानदेखि विद्युत् अवरुद्ध

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१९
कर्णालीमा आइतबार बिहानदेखि विद्युत् अवरुद्ध भएको छ । सुर्खेत जिल्ला अन्तर्गत लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत् तारमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको हो । कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, कालिकोट हुँदै माथिल्लो कर्णालीमा जिल्लाहरू विद्युत् विहीन बनेका हुन् । विद्युत् तार बनाउन अझै केही समय लाग्ने विद्युत् प्राधिकरण सुर्खेत वि
आज यी नदीमा बाढीको जोखिम उच्च

आज यी नदीमा बाढीको जोखिम उच्च

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार १६:१६
देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा