☰ open Loading... 2 April 2025|  

स्थानीय सरकार

सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

सयौं घर डुबानमा, तीन वटै राजमार्ग ठप्प

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०६:४९
बाढीपहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाउनुका साथै सयौं घर डुबानमा परेका छन् । बीपी, पुष्पलाल र मदन भण्डारी तीन वटै राजमार्ग ठप्प छन् । सुनकोशी गाउँपालिका–१ दुम्जामा पहिरोमा पुरिएर १२ वर्षीय बालक विनय कोइरालाको मृत्यु भएको छ ।
देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०६:४६
बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार २१:५१
पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए । उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । प्रह
वर्षाको कहर : आठ जिल्लामा ३९ जनाको मृत्यु, ११ जना बेपत्ता

वर्षाको कहर : आठ जिल्लामा ३९ जनाको मृत्यु, ११ जना बेपत्ता

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार १४:२६
अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यका सहित ८ जिल्लामा ३९ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये काठमाडौँमा नौ, ललितपुरमा १६ , भक्तपुरमा ५ , काभ्रेपलाञ्चोक तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परिसरका अनुसार ललितपुरमा मात्रै ज्यान गुमाउने १६ जनाको शव फेला परेको छ । ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपर
पहिरोले पुरिदा ३ जनाको ज्यान गयो

पहिरोले पुरिदा ३ जनाको ज्यान गयो

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार १४:२२
भक्तपुरको पसालेमा पहिरोले टहरो पुरिंदा एक गर्भवती सहित कालिकोटका ३ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका अनुसार शनिबार बिहान साढे दश बजे अविरल वर्षाको कारण माथिबाट पहिरो खसेर टहरो बगाउँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम, १४ वर्षीया मनिषा शाही छन् । दमिला गर्भवती अवस्थामा थिइन् । कालीकोटका उनीहरू जग्गा भाडामा ल
पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

    प्रकाशित मितिः १२ आश्विन २०८१, शनिबार ०८:४२
अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो। उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन
पहिरोले बैतडीमा ९ परिवार विस्थापित

पहिरोले बैतडीमा ९ परिवार विस्थापित

    प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०९:१७
बुधवार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेमा ९ परिवार विस्थापित भएका छन्। पहिरोले घर नै बगाउने जोखिम बढेपछि ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए। ढोलेको रातापानी टोलका ५ परिवार, मल्लो ढोलेका ३ परिवार र तल्लो ढोलेका एक परिवार गरेर ९ परिवार पहिरोका कारण विस्थापित भएका व
म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित

म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित

    प्रकाशित मितिः २९ भाद्र २०८१, शनिबार १५:३१
म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ । राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले घरबारविहीन पीडितहरूका लागि केही अस्थाय
कर्णाली राजमार्गमा धन्न जोगियो गाडी र यात्रु

कर्णाली राजमार्गमा धन्न जोगियो गाडी र यात्रु

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार २१:००
कालीकोट जिल्लाको हुल्म नजिकै यात्रुहरुले धकेलेर स्टार्ट गर्न खोजिरहेको गाडीमा पहिरो खस्दा गाडीमा क्षति पुगेको छ । प्रहरीका अनुसार मानवीय क्षति भएको छैन । कर्णाली राजमार्ग सञ्चालनमा आएको केहीबेरमै हुल्ममा पुनः पहिरो खसेको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी गोविन्द नेपालीले गाडी स्टार्ट गर्न धकेलिरहेका बेला पहिरो खसेको बताए । उनले भने, ‘मानवीय क्षति नगरे पनि पहिरोले गाडी पूर्णरुपमा क्षतिग्रस्त

खोलाले बालिका बगायो, पहिरोमा पुरिँदा २ जना घाइते

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १५:१८
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर-४ मा एक बालिकालाई खोलाले बगाएको छ । स्थानीय गन्नीगाड खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भिमलाल भट्टराइले बताए । स्थानीय र प्रहरीद्वारा बालिकाको खोजी कार्य जारी छ । त्यस्तै डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर-४ टिमुटेमा घरमा च्यापिएर दुई जना घाइते भएका छन् । ४५ वर्षीय तुलाराम जेठारा र उनक