☰ open Loading... 23 February 2025|  

स्थानीय सरकार

कर्णाली राजमार्गमा पहिरोले हजारौं यात्रु विचबाटोमै अलपत्र

कर्णाली राजमार्गमा पहिरोले हजारौं यात्रु विचबाटोमै अलपत्र

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १३:५४
अविरल वर्षासँगै गत बुधबार खसेको पहिरोका कारण झन्डै तीन हजार यात्रु अलपत्र परेका छन । दुई दिनदेखि सडक खुल्न सकेको छैन । जुम्लादेखि सुर्खेत हुँदै नेपालगन्ज र नेपालगन्जदेखि जुम्ला, कालिकोट र मुगु आउने यात्रुहरु अलपत्र परेका हुन् । बुधबार बेलुकी आएको पहिरो पन्छाउन सकिएको छैन । वर्षा भइरहेकोले पहिरो थुप्रिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सडकको गगनेखोला, एसमोड र हुल्ममा निरन्तर पहि
पहिरोले सुदूरपश्चिमका सडकहरू अवरुद्ध, दम्पत्ती घाइते, बालिका बेपत्ता

पहिरोले सुदूरपश्चिमका सडकहरू अवरुद्ध, दम्पत्ती घाइते, बालिका बेपत्ता

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार १३:०५
सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन्। बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्याल
राप्ती राजमार्ग र दाङ – सुर्खेत सडक अवरुद्ध

राप्ती राजमार्ग र दाङ – सुर्खेत सडक अवरुद्ध

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार ११:०८
गएरातीदेखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ- सुर्खेत सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक माथिबाट ठूलो पहिरो गएको र जेसिबिको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्री
कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली राजमार्ग पुनः अवरुद्ध

    प्रकाशित मितिः २७ भाद्र २०८१, बिहीबार ११:३५
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। राजमार्गको कालीकोट खण्ड अन्तर्गत शुभकालीका गाउँपालिका–१ को जितेगाडा नजिकै, एसमोड र गगनेखोलामा आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो। बुधवार साँझदेखिको वर्षाले सडकमा पहिरो खस्दा सवारी आवतजावत समेत रोकिएको प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए। सडक अवरुद्ध भएपछि सवारीसाधन बाटामै रोकिएका
भियतनाममा चक्रवात ‘यागी’ का कारण मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो

भियतनाममा चक्रवात ‘यागी’ का कारण मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो

    प्रकाशित मितिः २६ भाद्र २०८१, बुधबार १३:०५
भियतनाममा चक्रवात ‘यागी’ का कारण १४३ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता रहेका छन्। अधिकारीहरूले लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधी पछि आएको बाढीबाट प्रभावित भएका छन् । राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो। नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू
कर्णालीमा दुई महिनामै १ सय ४५ स्थानमा पहिरो

कर्णालीमा दुई महिनामै १ सय ४५ स्थानमा पहिरो

    प्रकाशित मितिः २५ भाद्र २०८१, मंगलवार ०९:३६
सुर्खेतबाट जुम्ला हिँडेका तिलागुफा–६ जुबिथाका कृष्णबहादुर शाही साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिए। ‘आजै पुग्ने काम थियो,’ उनले भने, ‘पहिरो खुलेन, बाध्यताले त्यतै बस्नुपर्‍यो।’ कामको चटारोले रिजर्भ गाडीमा आए पनि गन्तव्यमा पुग्न सकिएन।’ यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ८५ वर्षीय हरिकृष्ण कैलालाई भदौ ७ गते पखाला लाग्यो। दुई दिनको घरेलु उपचारले
जाजरकोट पहिरो: चलाउने दम्पतीको शव फेला, छोरीलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

जाजरकोट पहिरो: चलाउने दम्पतीको शव फेला, छोरीलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार १६:००
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ। गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए। पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर
जाजरकोटमा वडा सदस्यसहित दुईजना पुरिए

जाजरकोटमा वडा सदस्यसहित दुईजना पुरिए

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार ०९:००
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन्। गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः २३ भाद्र २०८१, आईतवार ०८:०६
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्। राजमार्गको कालीकोट खण्ड अन्तर्गत दुई ठाउँमा सडक अवरुद्ध भएको हो। एसमोड र गगनेमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसी बताए। सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै रोकिएका छन्। गएरातिको वर्षातले गगने खोलाको २० मिटर बाटो समेत लगेको प्रहरी जनाएको
बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार ११:४२
बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो । बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा ५ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।