☰ open Loading... 5 November 2025|  

बजार

कैलालीमा २ लाखसहित जुवातास खेलिरहेका ८ जना पक्राउ

कैलालीमा २ लाखसहित जुवातास खेलिरहेका ८ जना पक्राउ

    प्रकाशित मितिः ५ भाद्र २०८२, बिहीबार १०:२७
कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतला
कर्णाली प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान

कर्णाली प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान

    प्रकाशित मितिः ४ भाद्र २०८२, बुधबार १२:४४
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न विधामा सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ७५ हजार राशिको कर्णाली प्रादेशिक पुरस्कार कालीकोटका प्रेमराज सिम्खडालाई प्रदान गरिएको छ भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकार पुरस्कार सुर्खेतका प्रकाश पन्तले प्राप्त गरेका छन् । त्यसैगरी, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसी, कर्

कर्णाली प्रदेश सरकारले दिने पत्रकारिता पुरस्कार छनोट हुन नसक्दा अन्यौलमा

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १६:१७
सुर्खेत । प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले यस वर्षदेखि पत्रकारिता पुरस्कार सात जनालाई दिने निर्णय भएपनि पुरस्कृत हुने पत्रकार चयन गर्न सकिएको छैन् । जसले गर्दा भोली हुने प्रदेश स्थापना दिवशमा दिन लागिएको पुरस्कार नै अन्योलमा पुगेको हो । प्रदेश सरकारले पुरस्कार वितरणका लागि कार्यविधि बनाईसमेत समितिलाई जिम्मेवारी दिएको भए पनि छनोट समितिले अहिलेसम्म निर्णय गर्न सकेको छैन । प्रेस
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १५:५९
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि (भदौ ४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक निकाय, विद्यालय र कार्यालयमा भोलि विदा हुने जनाएको हो । प्रदेश सरकारले प्रत्येक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा भोलि विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।
पहाडी भूभागमा भारी वर्षाको सम्भावना

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार ०८:००
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ ।
कर्णालीमा कांग्रेसको दोहोरो चरित्र

कर्णालीमा कांग्रेसको दोहोरो चरित्र

    प्रकाशित मितिः २ भाद्र २०८२, सोमबार ०९:०९
प्रतिपक्षमा हुँदा जुन नीतिका लागि संसद् नै अवरुद्ध गर्‍यो, सत्तामा पुगेपछि त्यही नीति उल्टाउन कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई चर्को दबाब दिन थालेको छ । ३० लाखभन्दा माथिका आयोजना अनिवार्य रूपमा ठेक्का (टेन्डर) प्रक्रियाबाटै कार्यान्वयन गर्नुपर्ने भन्दै अघिल्लो वर्ष (०८१ असार १७ गते) आफैँले गरेको नौबुँदे सहमतिविपरीत कांग्रेसले अहिले उपभोक्ता समितिमार्फत काम गराउने सीमा बढाउन लबिङ थाल
श्रीकृष्णले लाखे दैत्य वध गरेको दिन मनाइदै

श्रीकृष्णले लाखे दैत्य वध गरेको दिन मनाइदै

    प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार १४:०२
आज श्रीकृष्णले लाखे दैत्य वध गरेको दिन श्रद्धा र भक्ति सहित मनाइएको छ। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा यो दिनलाई महत्वका साथ मनाइन्छ। पौराणिक कथाअनुसार, कंसका सहयोगी दैत्यहरूले उत्पात मच्चाइरहेका बेला भगवान् श्रीकृष्णले लाखे दैत्यलाई पराजित गरी धर्म र शान्ति कायम गर्नुभएको थियो। विशेष गरी पश्चिम नेपालका दैलेख र जुम्लामा परापूर्वकालदेखि लाखे जात्रा देखाइँदै आएको छ। अ
रमेश सुवेदीसहित नौ साहित्यकार सम्मानित

रमेश सुवेदीसहित नौ साहित्यकार सम्मानित

    प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार ०९:२२
सुर्खेत । गजलकार रमेश सुवेदीले प्रस्तुत गरेको “प्यारो कर्णाली” गजलले बीरेन्द्रनगरमा भेला भएका साहित्यप्रेमीलाई विशेष रूपमा भावुक बनायो। सिर्जनशील विद्यार्थी समाजले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना गरेको तेस्रो सिजन काव्य श्रृंखला–छ गजल गायन कार्यक्रममा सुवेदीसहित नौ जना साहित्यकारलाई सम्मान गरिएको हो। कर्णालीको माया, पीडा र सम्भावनालाई कलात्मक रूपमा उतारेको सुवेदीको गजलले
कर्णालीका नौ जिल्लाका २० पालिकामा फलफूल बगैँचा स्थापना, कृषकलाई अनुदान

कर्णालीका नौ जिल्लाका २० पालिकामा फलफूल बगैँचा स्थापना, कृषकलाई अनुदान

    प्रकाशित मितिः ३१ श्रावण २०८२, शनिबार १२:३०
कर्णाली प्रदेश सरकारले नौ जिल्लाका २० वटा पालिकामा फलफूल बालीको बगैँचा स्थापना गर्न अनुदान दिने भएको छ। प्रदेश सरकारको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत आयोजना कार्यान्वयन एकाइमार्फत कृषि उद्यमी, कृषक समूह तथा सहकारीलाई फलफूल बगैँचा स्थापना गर्न सहयोग गर्न लागिएको हो। आयोजनाका प्रमुख रवीन धितालका अनुसार सन् २०२९ सम्म प्रदेशभर दुई हजार ६०० हेक्टरमा बगैँचा विस्तार गर्ने लक
कर्णाली कांग्रेसमा मन्त्री फेरबदलबारे छलफल

कर्णाली कांग्रेसमा मन्त्री फेरबदलबारे छलफल

    प्रकाशित मितिः ३१ श्रावण २०८२, शनिबार ०८:४२
कर्णाली प्रदेश सरकारमा कांग्रेसका मन्त्रीहरूको एक वर्षे कार्यकाल पूरा भएसँगै दलभित्र फेरबदल गर्ने–नगर्ने विषयमा छलफल सुरु भएको छ। स्रोतका अनुसार पार्टीका नेता जीवनबहादुर शाहीले आइतबार बसेको संसदीय दलको बैठकमा मन्त्रीहरूको काम–कारबाहीबारे समीक्षा गर्दै अबको रणनीति के हुने भन्ने विषय छलफलमा राखेका थिए। शाहीले प्रत्यक्ष रूपमा मन्त्री परिवर्तन गर्नैपर्छ भन्ने कुरा भने नगरे पनि निरन्तरता दिने वा नया