☰ open Loading... 4 November 2025|  

बजार

वडाध्यक्षसहित ६ जना पक्राउ

    प्रकाशित मितिः ४ कार्तिक २०८२, मंगलवार ०९:१३
सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप पाण्डेसहित सोही वडाका लोकबहादुर बुढाथोकी, मोहमद मियाँ, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः २ कार्तिक २०८२, आईतवार १३:४८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि जेन जीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो । ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ ।’ उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् ।

राउटे समुदायका लागि शिक्षा, स्वास्थ्य प्रवर्द्धन तथा क्षमता विकास सामग्री वितरण

    प्रकाशित मितिः १ कार्तिक २०८२, शनिबार २०:०७
सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा राउटे समुदायका लागि लक्षित शिक्षा, स्वास्थ्य प्रवर्द्धन तथा क्षमता विकासका सामग्री वितरण गरिएको छ। लेखबेसी नगरपालिका–८, सुर्खेतमा सम्पन्न कार्यक्रममा समुदायका सदस्यहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वितरण गरिएको हो। सामग्रीहरूमध्ये चामल ४० बोरा, खुर्सानी ४० केजी, नुन ४० केजी, नुहाउने साबुन ८० पिस, लुगा धुने साबुन ८० पिस, श्याम्पु ८० पिस,
सुर्खेतमा जुवातास खेल्दै गरेका ११ जना नगद र ताससहित पक्राउ

सुर्खेतमा जुवातास खेल्दै गरेका ११ जना नगद र ताससहित पक्राउ

    प्रकाशित मितिः ३१ आश्विन २०८२, शुक्रबार १२:१८
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित खजुरा क्षेत्रबाट जुवातास खेल्दै गरेका ११ जना प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ ६:३० बजे रुद्र प्रसाद खनालको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिहरूमध्ये घरधनी ५१ वर्षीय रुद्र प्रसाद खनालसहित ५५ वर्षीय दुर्ग बहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम,
६ महिनामा ३ लाख पुग्ला त सुनको मुल्य ?

६ महिनामा ३ लाख पुग्ला त सुनको मुल्य ?

    प्रकाशित मितिः ३१ आश्विन २०८२, शुक्रबार ०६:३४
नेपाली बजारमा बिहीबार (असोज ३०) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार (असोज २८) छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको
नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च

    प्रकाशित मितिः २९ आश्विन २०८२, बुधबार ११:३४
दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो । शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार
बोतल र जारको पानीमा बढी शुल्क लिए कारबाही

बोतल र जारको पानीमा बढी शुल्क लिए कारबाही

    प्रकाशित मितिः २९ आश्विन २०८२, बुधबार ०६:५९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ। विभागले आज एक सूचना प्रकाशित गरीे दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो। विभागले काठमाडौं उपत्यकामा एक लिटर बोतलको पानी १६ र उपत्यका बाहिर रु २० निर्धारण गरेको छ। यस्
आफ्नो गाडी नचढेको भन्दै बसपार्कभित्र यात्रुमाथि कुटपिट

आफ्नो गाडी नचढेको भन्दै बसपार्कभित्र यात्रुमाथि कुटपिट

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार १८:५९
आईतवार साँझ करिब ४ बजेपछि सुर्खेत बसपार्कभित्र यात्रुमाथि मध्यपश्चिम यातायात प्रा.ली.का स्टार्फहरुले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । कालिकोटको मान्मबाट हाईसमा आएका यात्रुहरुलाई ‘मेलमा आएको गाडी’ भन्दै समितिका स्टाफ कृष्ण बरालले अर्का स्टाफ दिपक शाहीलाई बोलाएर यात्रु कुटाएका हुन् । मान्मबाट घरको लागि खसी ल्याएर आएका यात्रुहरु कोहलपुर जाने तयारीमा थिए । समितिका स्टाफले आफ्नो गाडीमा नचढेक
सुर्खेतको बबई चेकपोष्टमा विष्फोटक पदार्थसहित चिनी बरामद

सुर्खेतको बबई चेकपोष्टमा विष्फोटक पदार्थसहित चिनी बरामद

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार १५:२८
जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा विष्फोटक पदार्थ (पटका) तथा बिना बिलको उपभोग्य सामग्री बरामद गरेको छ। प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका यात्रु तथा मालवाहक सवारीसाधनहरूको नियमित जाँच गर्ने क्रममा उक्त सामग्रीहरू फेला पारेको हो। बरामद गरिएको सामग्रीमा करिब १ क्विन्टल ७५ केजी चिनी (जसको अनुमानित मूल्य रु. १७,५००) र विष्फोटक पदार
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

    प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ०६:१९
जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ । आगामी मङ्सिरको दोस्रो सातासम्म उत्पादित स्याउको परिमाण र बिक्रीका लागि बाहिर पठाइए