३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति
प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १३:०९
२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत १२ मेगावाट विजुली सुर्खेत पुर्याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रशारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत विस्तार भएको छ ।
करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा विजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ । विकास र समृद्