आलुले चिनिएको हेम्जा
प्रकाशित मितिः २४ चैत्र २०८०, शनिबार १४:२३
पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “