☰ open Loading... 27 September 2025|  

बजार

सुर्खेतमा भोलि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी

सुर्खेतमा भोलि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी

    प्रकाशित मितिः २६ भाद्र २०८२, बिहीबार १९:००
सुर्खेतमा स्थानीय प्रशासनले २५ गते साँझ ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम रहने जनाएको छ । २५ गते दिनभर निषेधआज्ञा जारी गरेको प्रशासनले साँझबाट सम्भावित घटनालाई मध्यनगर गरेर कर्फ्यु लगाउने निर्णय गरेको हो ।
आज देशभर मौसम बदली

आज देशभर मौसम बदली

    प्रकाशित मितिः २६ भाद्र २०८२, बिहीबार ०७:३७
देशभर आज साधारणतया मौसम बदली रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी तराईका भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी
आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षात् हुने

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षात् हुने

    प्रकाशित मितिः २४ भाद्र २०८२, मंगलवार ०७:१९
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ। साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका
दुईवटा प्रदेश प्रहरीको मिलेमतोमा बबई नाकामा खुलेआम घुस

दुईवटा प्रदेश प्रहरीको मिलेमतोमा बबई नाकामा खुलेआम घुस

    प्रकाशित मितिः २३ भाद्र २०८२, सोमबार ०९:१५
सार्वजनिक सवारीसाधनमा नेपालगन्जबाट सुर्खेत या सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै हुनुहुन्छ भने बबई नाकामा देखिने दृश्य तपाईंलाई अस्वाभाविक लाग्नसक्छ । चेकिङ पोस्टमा रोकिनुअगावै गाडीको साइडबाट कन्डक्टर ओर्लन्छन् । ब्लुबुक, लाइसेन्स खोल्छन् र सय रुपैयाँको नोट राखेर प्रहरीतर्फ जान्छन् । प्रहरीले नोट बुझेको केही सेकेन्डमै गाडी गन्तव्यतर्फ लाग्छ । यो दृश्य कुनै एक चालक, गाडी वा ठाउँमा मात्र देखिँदैन, बब
दुई लाख १२ हजार पुग्यो सुन

दुई लाख १२ हजार पुग्यो सुन

    प्रकाशित मितिः २२ भाद्र २०८२, आईतवार ११:०४
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको सुनको भाउ आइतबार बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। आज सुन एक हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागले यो उचाइ हासिल गरेको छ। चाँदीको मूल्यमा
पेट्रोलियम उत्पादनमा पनि चिनियाँ सहयोगको अपेक्षा

पेट्रोलियम उत्पादनमा पनि चिनियाँ सहयोगको अपेक्षा

    प्रकाशित मितिः २२ भाद्र २०८२, आईतवार ११:००
नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा भेटिएको प्राकृतिक (मिथेन) ग्यासको परीक्षण उत्पादनमा सहयोग गर्न चिनियाँ समक्ष आग्रह गरेको छ । पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादन कार्यमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले सरकारले पठाएको पत्रको जवाफ आइनसकेको जानकार
शुभलक्ष्मी आयल स्टोर राकम कर्णालीमा सञ्चालनमा, स्थानीय व्यवसायी लाभान्वित

शुभलक्ष्मी आयल स्टोर राकम कर्णालीमा सञ्चालनमा, स्थानीय व्यवसायी लाभान्वित

    प्रकाशित मितिः २१ भाद्र २०८२, शनिबार २०:३५
दैलेख, आठबीस – आठबीस नगरपालिका अन्तर्गत राकम कर्णालीमा शुभलक्ष्मी आयल स्टोर आधिकारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी राजेश माझीद्वारा सञ्चालन गरिएको उक्त आयल स्टोरको शुभारम्भसँगै कर्णाली क्षेत्र तथा आसपासका व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन थालेका छन्। यस आयल स्टोरको स्थापना सँगै अब स्थानीय व्यवसायी तथा सवारीधनीहरूलाई इन्धनका लागि टाढा जानु नपर्ने भएको छ। सहज रूपमा उपलब्ध इन्धन सेवाका का
कस्तो रहला दिनभरको मौसम ?

कस्तो रहला दिनभरको मौसम ?

    प्रकाशित मितिः २१ भाद्र २०८२, शनिबार ०८:४९
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली
सहकारीको ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ३ जना पक्राउ

सहकारीको ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ३ जना पक्राउ

    प्रकाशित मितिः २० भाद्र २०८२, शुक्रबार २२:३४
नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

    प्रकाशित मितिः २० भाद्र २०८२, शुक्रबार २२:३१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो