
सुर्खेतमा २० स्कुल बस चेकजाँच, ५ वटा बसमा कारबाही
प्रकाशित मितिः २९ श्रावण २०८२, बिहीबार १०:५४
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्कुल बस सञ्चालन सम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका स्कुल बसहरूको चेकजाँच गरेको छ। चेकजाँच तथा अनुगमनमा २० वटा स्कुल बसमध्ये ५ वटा बसमा कारबाही गरिएको र बाँकीलाई सम्झाएर छोडिएको प्रहरीले जनाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारका अनुसार कारबाहीमा परेका बसहरू अत्याधिक फोहर, दुर्गन्धित, सिट च्यातिएक