सुर्खेतमा अबैध सामान बरामद
प्रकाशित मितिः १२ भाद्र २०८२, बिहीबार १७:४४
सुर्खेत, भदौ १२ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरीले बिना बिल–बिजकको अबैध सामान बरामद गरेको छ ।
शुक्रबार दिउँसो २ः२५ बजे प्र.स.नि. हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा सामान बरामद गरेको हो । बरामद सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ भने सामान पोष्टमा राखिएको प्रहरीले जनाएको छ ।







