☰ open Loading... 19 April 2024|  

मेरो व्यवसाय

दुई महिनामै सुन्तलाले पायो मूल्य

दुई महिनामै सुन्तलाले पायो मूल्य

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:३९
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन्। म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो। अहिले प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ। कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डा
३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

३ सातामा सुन १२ हजार ३ सयले बढ्यो

    प्रकाशित मितिः १ बैशाख २०८१, शनिबार १०:३०
पछिल्ला केही सातायता सुनको मूल्यले दैनिक नयाँ/नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर फेरी नयाँ कीर्तिमानी बनाएको छ । मूल्यमा नयाँ कीर्तिमानीसँगै शुक्रबार प्रतितोला सुनको भाउ १ लाख ३९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य भने गहना व्यवसायीका लागि हो । गहना व्
प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

    प्रकाशित मितिः २५ चैत्र २०८०, आईतवार ०८:२३
डोेटीमा प्याज खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानका किसानले प्याज खेती गरिरहेका छन्। शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याज खेती गरेका छन्। वि.सं. २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याज खेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याज खेती विस्त
आलुले चिनिएको हेम्जा

आलुले चिनिएको हेम्जा

    प्रकाशित मितिः २४ चैत्र २०८०, शनिबार १४:२३
पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “
दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी

दुना टपरीबाट व्यावसायिक महिला बन्दै खिमादेवी

    प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार ०८:२४
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी। चार वर्ष पहिले रु पाँच लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उनलाई उद्यमी बनाएको छ। उनले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु ४० हजारभन्दाबढी आम्दानी गर्दै आएकी छिन्। नगरपालिकाको वडा नं. १ भजनी बजारमा सालको पातबाट दुनाटपर
बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १४:५८
दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ। सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो। करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो। कुनै समय गो
श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने

श्री एयरलाइन्सले नेपाल भित्र्याउन लागेको दुईवटा जहाज सोमबार आइपुग्ने

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार १९:३१
निजी क्षेत्रको तेश्रो ठूलो हवाई सेवा प्रदायक श्री एयरलाइन्सले खरिद गरेको दुई वटा विमान सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।एयर लाइन्सका अनुसार क्याप्टेन रितेश कर्ण र क्याप्टेन विराज राजवंशी नेतृत्वको टोलीले अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट क्यानेडाको गुज बे विमानस्थल हुँदै यो विमानमा उडान भरेर नेपाल ल्याउँदैछन् । साढे १२ हजार किलोमिटर भन्दा लामो दूरीको हवाई दूरी तय
किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:११
सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सयौं माछापालक किसान पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा जम्मा भई सडकमै माछा फालेर विरोध जनाएका हुन् । उनीहरूले माछापालक किसानलाई विद्युत् प्राधिकरणले कृषि मिटरको साटो औधोगिक मिटर दिई चर्को महसुल असुल गरिर
किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

    प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार ०७:३६
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन्। यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ। बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ। आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर
माछापालनबाट खुसी छन् राजेन्द्रका दम्पती

माछापालनबाट खुसी छन् राजेन्द्रका दम्पती

    प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार १०:०६
पातारासी गाउँपालिका– ६ बाता गाउँका स्थानीय युवा राजेन्द्र बुढा १० वर्षदेखि गैरसरकारी संस्थामा कार्यरत छन्। जागिरका साथसाथै उनले कृषि फार्म पनि सञ्चालन गरेका छन्। उच्च शिक्षा हासिल गरेका उनले जागिरबाट बचेको समय यही फार्म सञ्चालनमा लगानी गर्दै आएका छन्। राजेन्द्रले सञ्चालन गरेको फार्मको नाम हो–राजस्व कृषि फार्म। उनको लक्ष्य भविष्यमा उदाहरणीय कृषक बन्नु रहेको छ। जगिरबाट अवकाश पाएपछि सिंगो समय यही