
सुर्खेत बसपार्कमा चक्कु प्रहार गर्ने फरार अभियुक्त पक्राउ
प्रकाशित मितिः २८ श्रावण २०८२, बुधबार २०:२२
सुर्खेत – आँखामा चक्कु प्रहार गरी ज्यान मार्ने उद्योग तथा अंगभंगको आरोपमा फरार रहेका अभियुक्त काठमाडौंमा पक्राउ परेका छन्।
मिति २०८२ साउन ९ गते राति ११:५५ बजे, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क माथिल्लो गेटमा लैकबेसी नगरपालिका–६ बस्ने २२ वर्षीय ललित परियारलाई नवराज रावतले आँखामा धारिलो चक्कु प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए।
फरार रहेका रावतलाई काठमाडौं उपत्यका अपराध अनुसन