आठबिस नगरपालिका ‘लिजा’ मूल्याङ्कनमा कर्णालीमै अन्तिम
प्रकाशित मितिः ९ भाद्र २०८२, सोमबार १५:५२
दैलेख — दैलेखको आठबिस नगरपालिकाले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कर्णाली प्रदेशकै लजास्पद परिणाम निकालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजामा आठबिस नगरपालिकाले ४८.७५ अंक प्राप्त गर्दै प्रदेशभर नै अन्तिम स्थानमा पर्न पुगेको हो।
जिल्लामा भने नारायण नगरपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। नारायणले ८२.७५ अंक प्राप्






