जुम्लामा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रकाशित मितिः २९ श्रावण २०८२, बिहीबार ०८:२६
जुम्लाको तातोपानी गाउँपालिका-३, खरखडा गाउँमा बुधबार साँझ आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। तर घरभित्रका सम्पूर्ण सरसामान जलेर लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय खेम बुढाको तीनतले, आठकोठे जस्तापाताले छाएको कच्ची घरमा साँझ करिब साढे ६ बजेतिर आगलागी भएको हो। परिवारका सदस्यले घरको तेस्रो तलामा नास्ता पकाउने क्रममा अचानक आगो





