कर्णालीमा सत्ता साझेदारबीच सहमति: रिक्त पदमा तत्काल नियुक्ति गरिने
प्रकाशित मितिः २४ श्रावण २०८२, शनिबार २१:१९
सत्ता साझेदार प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विभिन्न निकायमा रिक्त नियुक्तिहरू तत्काल गर्ने सहमति भएको छ।
प्रदेशस्तरीय दुई दलीय संयन्त्रको शनिबार बसेको बैठकमा सरकार सञ्चालनमा आपसी समझदारी कायम गर्दै सरसल्लाह र सुझावका माध्यमबाट अघि बढ्ने पनि सहमति भएको हो।
संयन्त्रका संयोजक नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीका अनुसार सरकारले गर्नुपर्ने विभिन्न निकायका






