☰ open Loading... 5 November 2025|  

प्रदेश खबर

पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

    प्रकाशित मितिः २१ श्रावण २०८२, बुधबार ०८:३७
अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सवारी आवागमन रोकिँदा यात्री बिच बाटोमै अलपत्र परेका छन्। जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवर
दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार १३:१८
दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ। यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको छ। बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ। दाङमा पछिल्लो एक घण्टाम

राप्ती राजमार्गमा पहिरो : दाङ-सल्यान सडक अवरुद्ध, वैकल्पिक मार्ग अपनाउन आग्रह

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार १३:१७
अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए। लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन्। सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। यात्रीलाई वैकल्पिक मार्ग वा
अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार १३:१६
साेमबारबाट अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक खण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी सञ्चालनमा आएको हो।लेदोसहितको पहिरोले गगने खोलाको सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान साढे ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको हो। गगने खोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा
जाजरकोटमा पनि सुरु भयो सदस्यता अभियान

जाजरकोटमा पनि सुरु भयो सदस्यता अभियान

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार ०९:२२
नेपाल प्रेस युनियन जाजरकोटले खलंगामा आयोजना गरेको सय दिने सदस्यता अभियानको शुभारम्भ कार्यक्रम गरिएको छ। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितको टिम जाजरकोटमा आएर १०० दिने अभियान सुरु भएको हो। सदस्य अभियान कार्यक्रममा केन्द्रीय सदस्य विष्णु न्यौपाने, कपिल कोइराला लगायतको टोली जाजरकोट पुगेको छ। यसपछि रुकुम पूर्व र पश्चिममा कार्यक्रम हुने जनाइएको छ। प्रेस युनियन जाजरकोट अध्यक्ष बा
देशभर मनसुनी वायुको प्रभाव

देशभर मनसुनी वायुको प्रभाव

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार ०९:१४
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भैरवी १ जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना

    प्रकाशित मितिः २० श्रावण २०८२, मंगलवार ०७:५९
दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। जिल्लाको सुरक्षा अवस्था, सडक दुर्घटना, पेट्रोलियम उत्खनन्, नदीजन्य जोखिम तथा विपद् व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राख्दै यो चौकी स्थापना गरिएको हो।
तनहुँ बस दुर्घटना: घाइते पाँच जनाको परिचय खुल्यो

तनहुँ बस दुर्घटना: घाइते पाँच जनाको परिचय खुल्यो

    प्रकाशित मितिः १८ श्रावण २०८२, आईतवार १९:२१
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा आइतबार अपराह्न भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको परिचय खुलेको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आइतबार अपराह्न ४:२० बजे आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खसेको थियो। दुर्
नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशद्वारा शिव मन्दिर परिसर सरसफाइ तथा खाद्यान्न वितरण कार्यक्रम

नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशद्वारा शिव मन्दिर परिसर सरसफाइ तथा खाद्यान्न वितरण कार्यक्रम

    प्रकाशित मितिः १८ श्रावण २०८२, आईतवार १६:४३
नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको देउती बज्यै मन्दिर र लाटीकोइलीस्थित शिव मन्दिर परिसरमा सरसफाइ तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा संघकी कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा मन्दिर परिसरको सरसफाइ गरिएको थियो। साथै, शिव मन्दिरमा आश्रित बाबाहरूका लागि खाद्यान्न वितरण गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली
(भोली) १९ गते वीरेन्द्रनगरमा देखिनेछ दैलेखी लाखे नाच

(भोली) १९ गते वीरेन्द्रनगरमा देखिनेछ दैलेखी लाखे नाच

    प्रकाशित मितिः १८ श्रावण २०८२, आईतवार १६:२६
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच प्रस्तुत गरिने भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा साउन १९ र २० गते दुई दिनसम्म 'परम्परा र कला संस्कृतिको उत्थान—लाखे नाच २०८२' भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने भएको हो। समाजका अनुसार लाखे नाचको माध्यमबाट मौलिक कला, संस्कृति र परम्पराको जर्गेना गर्दै नयाँ पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य लिइएको छ। कार्यक्रममा दै