☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

बड्डीचौर–खम्बागाडे खण्डमा रुख कटानको गाँठो फुक्यो

बड्डीचौर–खम्बागाडे खण्डमा रुख कटानको गाँठो फुक्यो

    प्रकाशित मितिः ९ श्रावण २०८२, शुक्रबार १२:२०
तीन दशकभन्दा लामो समयदेखि पश्चिम सुर्खेतका नागरिकले देखेको विकासको सपना अब साकार हुने दिशामा अघि बढेको छ । यस क्षेत्रको ‘जीवनरेखा’ मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डीचौर–खम्बागाडे खण्डको स्तरोन्नतिमा सबैभन्दा ठुलो अड्चनका रूपमा रहेको रुख कटानको समस्या अन्ततः समाधान भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत २६ गतेको निर्णय निर्णयअनुसार बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित
जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना : १२ जना घाइते, ५ गम्भीर

जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना : १२ जना घाइते, ५ गम्भीर

    प्रकाशित मितिः ९ श्रावण २०८२, शुक्रबार १२:१४
सुर्खेतदेखि जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना भएको छ। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी दैलेखकाे दुल्लू नगरपालिका-१ तल्लाेडुंगेश्वर नजिक दुर्घटना भएको हो। गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका र घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख (डीएसपी) गणेश बरालले जानकारी दिएका हुन्। उकालोमा यात्रु चढाउन लाग्दा गाडी ब्याक भएर सडकब
पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत

पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत

    प्रकाशित मितिः ८ श्रावण २०८२, बिहीबार १२:२०
नेपालको सबभन्दा अग्लो कालीकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख गन्तव्यमध्ये कालीकोटलाई ६४ औं स्थानमा सूचीकृत गरेको हो । झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्त्रण गर
जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ८ श्रावण २०८२, बिहीबार १२:११
बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भ
धुलियाबिटमा बोलेरोको ठक्करबाट एकको मृत्यु, एक घाइते

धुलियाबिटमा बोलेरोको ठक्करबाट एकको मृत्यु, एक घाइते

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार १२:३३
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ च.०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए। दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका ११
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार १०:२८
कैलालीमा १३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकको मृत्यु, तीन जना बिरामी

जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकको मृत्यु, तीन जना बिरामी

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार १०:२५
जंगली च्याउ खाँदा रुकुम पूर्वका एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । भूमे गाउँपालिका–५ सेराबाङका एकै परिवारका सदस्यहरुमध्ये ३ वर्षीय योजन विकको उपचारका क्रममा मृत्यु भएको हो । उनकी आमा ३५ वर्षीया रामकुमारी सुनार, उनका छोरीहरु ९ वर्षीया आयुषा विक र ६ वर्षीया भाग्यरेखा विक बिरामी परेको प्रहरीले बताएको छ । गत शुक्रबार जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार १०:२३
जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको हो। पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आ
बाढीले बगायो तमोर नदीको बेलिब्रिज

बाढीले बगायो तमोर नदीको बेलिब्रिज

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार १०:२०
गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ र ६ जोड्ने तमोर नदी माथि रहेको बेलिब्रिज बगाएको छ । ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । ४ ब
भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता

    प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार ०७:५२
गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए। उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस