
न पति रहे, न गर्भे शिशु
प्रकाशित मितिः २२ कार्तिक २०८०, बुधबार १३:०७
बोल्न खोज्छिन्, बोली फुट्दैन। घरी उठ्छिन्, घरी ओछ्यानमा पल्टिन्छिन्। चार दिनदेखि मुखमा राम्ररी अन्न छिरेको छैन। जाजरकोट, नलगाड–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले अहिले भेरी अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छन्।
भूकम्पमा परेर उनका पति नवीन बुढा बिते। पेटमा हुर्कंदै गरेको ८ महिने शिशु (छोरा)लाई पनि भूकम्पले लग्यो। शुक्रबार आएको विनाशकारी भूकम्पले उनको खुसीलाई छिनभरमै चुडायो। भेरी अस्पतालको प