भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता
प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार ०७:५२
गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए। उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस








