☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

भैँसी चराउने क्रममा चट्याङ लागेर महिलाको मृत्यु

भैँसी चराउने क्रममा चट्याङ लागेर महिलाको मृत्यु

    प्रकाशित मितिः ४ असार २०८२, बुधबार २०:५२
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो। इलाका प्रहरी कार्यालय, गणेशपुरका अनुसार बिजयनगर गाउँपालिका-५, नैरंगीयाकी यादव डालपुर-नयाँबस्ती गाउँ नजिकैको खेतमा भैँसी चराइरहेकी थिइन्। साँझ करिब साढे ५ बजेतिर मेघगर्जनसहित पानी परेपछि उनी ओत लाग्न नजिकैको पिपलको रुखमुनि बस
दैलेखमा विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमण

दैलेखमा विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमण

    प्रकाशित मितिः ४ असार २०८२, बुधबार १५:५९
दैलेखको भगवतीमाई गाउँपालिका–७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणमा निस्किएका छन्। असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवारसहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना सुरु भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बुधबारदेखि ७ दिनका लागि विद्यालयमा तालाबन्दी गरिएको ह
रामघाटमा लिची खेतीप्रति बढ्दो आकर्षण

रामघाटमा लिची खेतीप्रति बढ्दो आकर्षण

    प्रकाशित मितिः ४ असार २०८२, बुधबार १४:३१
भेरीगंगा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा मकै खेती गर्ने यहाँका किसानले अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन्। यो क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूल मानिन्छ। पछिल्ला केही वर्षदेखि मकै खेतीको तुलनामा फलफूल खेती बढी लाभदायक देखेपछि किसानले बारीका डिल, छेउछाउ र घर आँगनमा लिची र आँपका बिरुवा रोप्न थालेका
दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु

    प्रकाशित मितिः २ असार २०८२, सोमबार २२:४९
दैलेखमा मलामी गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको मृत्यु भएको हो। रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिइ। घाँस काट्न गएकी गुराँ
सत्ता साझेदारको  रस्साकस्सीले अलमलमा सदस्यसचिव नियुक्ति

सत्ता साझेदारको रस्साकस्सीले अलमलमा सदस्यसचिव नियुक्ति

    प्रकाशित मितिः २ असार २०८२, सोमबार १०:३८
कर्णाली प्रदेश खेलकुद विकास परिषद्‍मा गत पुस ६ गतेदेखि सदस्यसचिवसहितका पदाधिकारी रिक्त छन् । जसका कारण कर्णाली रङ्गशाला निर्माण सम्पन्न हुन ढिलाइ हुन पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीमाथि गम्भीर प्रश्न उठेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्य(सचिव नियुक्तिबारे उच्च अदालत सुर्खेतको अन्तरिम आदेशबाट सदस्य सचिबको कामकाज गर्न रोकिएको छ । मन्त
पहिरोले राप्ती राजमार्ग रातिदेखि अवरुद्ध

पहिरोले राप्ती राजमार्ग रातिदेखि अवरुद्ध

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०९:२६
पहिरोले राप्ती राजमार्ग आइतबार रातिदेखि अवरुद्ध भएको छ । राति परेको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि राजमार्ग रातिदेखि नै अवरुद्ध भएको हो । राप्ती राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन सडकमै रोकिएका छन् । कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्ग समेत गाडी नचल्ने भएका कारण यात्रुहरु अलपत्र परेका छन् । कतिपय नजिकका यात्रु भने हिँडेर आउजाउ गर्न बाध्य छन् । आइतबार रा
भेरी पुल नजिकै टिप्पर र हाइस ठोकिँदा नौ जना घाइते

भेरी पुल नजिकै टिप्पर र हाइस ठोकिँदा नौ जना घाइते

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:४६
सोमबार बिहान (आज) भेरी पुल नजिकै हाइस र टिप्पर बिच दुर्घटना हुँदा ९ जना घाइते भएका छन । घाइतेहरुको उद्दार गरी हस्पिटल लादै गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुट थापाले बताए। ! घटनाको थप विवरण आउँदै
कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:३५
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गते मध्य राति मात्र सार्वजनिक गरिएको हो।
दुई सय ३० भेडा किसानले पाए ‘गोठालो भत्ता’

दुई सय ३० भेडा किसानले पाए ‘गोठालो भत्ता’

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:२९
जुम्लाको सिञ्जा गाउँपालिका–६ भाडगाउँका भेडा किसान भीमबहादुर रावतले १८ हजार रुपैयाँ गोठालो भत्ता पाए। सयभन्दा बढी भेडा पाल्ने उनले भत्ताले व्यवसायमा उत्साह थपिएको बताए। ‘गोठालो भत्ताले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको छ,’ उनले भने। त्यस्तै, ८० भेडा पाल्ने हरिबहादुर रावतले संकटमा परेको व्यवसायमा सरकारी सहयोगले खुशी दिएको बताए। ‘सरकारी कर्मचारीले मात्र तलब पाउँछन् भन्ने थियो, भेडा पाल
हुम्लाको उनापानीमा आगलागी : आठ घर जलेर नष्ट

हुम्लाको उनापानीमा आगलागी : आठ घर जलेर नष्ट

    प्रकाशित मितिः २ असार २०८२, सोमबार ०७:२५
हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानीको औल बस्तीमा गएराति भएको आगलागीले आठ घर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय विर्ख रावतको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय धनबहादुर रावतले बताए। उनले भने, ‘आगो कसरी लाग्यो भन्ने यकिन भएको छैन। सुरुमा आगलागी भएको गोठका मालिक विर्ख रावतको परिवार लेख बस्तीमा बस्छ।’ सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्