माओवादीको असहमतिपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित
प्रकाशित मितिः १ असार २०८२, आईतवार १५:४३
कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच सहमति नजुट्दा अनिश्चित बनेको छ।
माओवादी केन्द्रले सरकारले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक नगरेरै बजेट ल्याउन खोजेको आरोप लगाउँदै संसद् बैठकमा सहभागी नहुने अडान लिएको छ।
माओवादी संसदीय दलको बैठकले योजना बैंकका योजनाहरू पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्








