‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी
प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार ०९:०९
कर्णालीका सल्यान र दैलेख जिल्लाका केही स्थानलाई तरकारीको पकेट क्षेत्र मानिन्छ।
आम मानिस पनि दैलेखको गुराँसे, सल्यानको कालीमाटीलगायतका क्षेत्रबाट आउने तरकारीलाई आम उपभोक्ता विषादीरहित भन्दै किन्ने गर्छन्। तर आम उपभोक्ताको भान्छामा पाक्ने त्यही तरकारी परीक्षण गर्दा खानै नमिल्ने विषादीले भरिएको पाइएको छ।
दुई साताअघि सुर्खेतका थोक विक्रेताले सल्यानबाट नौ क्विन्टल काउली ल्याएका थिए। सुर्खेतमा परी








