☰ open Loading... 5 November 2025|  

प्रदेश खबर

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा

    प्रकाशित मितिः १७ भाद्र २०८२, मंगलवार ०९:११
पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ। पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन्। दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षे

थामे खोलाले पाँच घर बगायो

    प्रकाशित मितिः १७ भाद्र २०८२, मंगलवार ०६:०४
सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छ भने ६ घरमा आंशिक क्षति पुर्याएको छ । अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेस्थित बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । बाढी पीडितलाई सकुशल उद्धार गरी हाल अस्थायी बसोबासको व्यवस्था मिलाइएको खु
अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती

अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती

    प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार ११:०२
जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंगाचाैर गाउँका बालराम नेपालीले आइतबार बिहान नेपालगन्जदेखि मोटरसाइकलबाट जुम्लाकाे यात्रा सरु गरे। उनी बिहान ठीक ११ बजे गगने खाेलामा पुगे। माथिबाट खसेको पहिरोले सडक बन्द भएकाले बालराम जुम्ला पुग्न सकेनन्। दिउँसोभर गगने खाेलामा निरन्तर परिरहेको पानीमै बसे। साँझपख पनि सडक खुलेन। रातभरि पानीले झन सास्ती दियाे। विजाेग बनायो। उनले फाेनमा भने, 'स-साना सवारीसाधन चल्ने अवस

रुकुम पश्चिममा पहिरोले पुरिएर एक जनाको मृत्यु

    प्रकाशित मितिः १६ भाद्र २०८२, सोमबार ०७:२४
जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए । उनीसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फ

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना पक्राउ

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार १७:०४
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१२ नेवारेको सडकखण्डबाट लागू औषध ब्राउनसुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ ७ः३० बजे लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले भे.३ प. ४८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विरेन्द्रनगर नगरपालिका–१२ नेवारे
भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०९:०३
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र स

सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०८:५८
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यस प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा भएको हो। नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन अर्थात भदौ १६ गते गौरा पर्वको बिदा प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ। बिहीबारदेखि गौरा पर्व मनाइँदै आएको सुदूरपश्चिम प्रदेशमा उक्त पर्वलाई व

कर्णालीमा विपद : २ महिनामा ७ को मृत्यु, ३९ घाइते

    प्रकाशित मितिः १५ भाद्र २०८२, आईतवार ०८:५६
कर्णाली प्रदेशमा २ महिनाको अवधीमा विपद्मा परी ७ जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । २०८२ को जेठ १८ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो, चट्याङलगायतका घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो । प्रदेशभर ३ सय ८ वटा विपद्का घटना भए । ३ सय ४२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । विपद्का घटनाबाट ३ सय ११ पशुचौपाया मरे । विपद्का घटनाबाट लाखौँको भौतिक क्षतिसमेत भएको कर्णाली प्रदेश प्रहरी कार्या
छाउगोठ भत्किए पनि जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

छाउगोठ भत्किए पनि जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    प्रकाशित मितिः १४ भाद्र २०८२, शनिबार ०६:२८
अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीको आलीटोलमा महिला र किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्छन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुंगा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केही पर जस्तापाताको गोठ बनाएर बस्छन्। जिल्लास्थित सरोकार भएका निकायबाट मंगलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइए
छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

छाउगोठमा सुतेका दुई जनाको मृत्यु, एक घाइते

    प्रकाशित मितिः १३ भाद्र २०८२, शुक्रबार १४:३७
छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खना