एमाले सुर्खेतको अन्तरकथा : समाचार टिप्पणी
प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १२:२६
नेकपा एमाले सुर्खेतको बहुचर्चित बहुप्रचारित एवं बहु प्रतिक्षित जिल्ला कमिटिको बैठक पनि केही दिन अघि मात्रै सम्पन्न भएको छ । दुइ धारमा विभाजित एमाले पार्टीको बैठकले पुनः ध्रुविकरणको संभावना कायमै राख्दै विभिन्न निर्णयहरु गरेको छ ।
यसअघि नै पार्टी प्रवेश गरेका एमाओवादी सम्वद्व केही नेताहरुलाई जिल्ला कमिटिमा मनोनयन गर्दै लामो समय पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ताहरुको व्यवस्थापनलाई भने अनदेख