
मंगलसैन जाने यात्रुलाई सास्ती
प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १५:२३
सुर्खेतदेखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैनसम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैनसम्म बस नपुग्दा समस्यामा परेका हुन् ।
काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैनसम्म