
भोट हाल्न रात बस्दै जाने
प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ०७:४९
लामो संघर्षपछि काँडाले गाउँपालिकाको मान्यता पायो । गाउँवासीले अब स्थानीय निर्वाचनबाट नेतृत्व चुन्ने अवसर पाएका छन् । तर विडम्बना, जिल्लाको कूल क्षेत्रफलमध्ये ४६ प्रतिशत ओगट्ने यो गाउँपालिकाको ‘न्युना’ गाउँका मतदातालाई भने मतदान केन्द्र पुग्नै मुस्किल छ । मतदानका लागि उनीहरूले झन्डै एक दिन हिँड्नुपर्ने भएको छ ।
स्थानीय तह निर्वाचनका लागि बझाङमा १ सय २५ मतदान स्थल तोकिएको छ । करिब ४० मतदाता रहेको