☰ open Loading... 26 April 2024|  

नेपाल ७ विकेटले पराजित
  | ३० श्रावण २०७३, आईतवार ०६:४७

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको छ ।

अमस्टेभिनस्थित भिआरए मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन् । ओपनर अनिल मण्डलले बनाएको २० रन नेपाली ब्याट्सम्यानको सबैभन्दा ठूलो स्कोर थियो ।

३८.१ ओभरमा ९४ रनमैनेपालले सबै विकेट गुमाएरपछि नेदरल्यान्ड्सका कप्तान पिटर सिलारकोटस जितेर फिल्डिङ गर्ने निर्णय सही साबित भयो। ९५ रनको लक्ष्य घरेलु टोलीले १६.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै ७ खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ। समान ७ खेल खेलेको नेपाल ४ अंकसाथ छैटौं स्थानमा छ । शीर्ष चार टोलीले बंगलादेशमा हुने विश्वकप क्रिकेटका लागि छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

स्कटल्यान्ड र पिएनजीसँग पराजित भइसकेको नेपाललाई शनिबारको हारसँगै शीर्ष चारमा पर्न बाँकी खेलमा जित्नैपर्ने दबाब बढ्दै गएको छ । नेदरल्यान्ड्स अहिलेसम्म अपराजित टोली हो ।

anil mandal

भिआरए मैदान घाँस धेरै भएको क्रिज हो र यस्तो क्रिजमा तीब्र गतिका बलरलाई फाइदा हुन्छ ।

तर शनिबार नेदरल्यान्ड्सका स्पिनरहरूले पनि ५ विकेट हात पारे ।  २४ वर्षे माइकल रिप्पोनले ३ विकट लिए भने भान डेर मेरवेको नाममा २ विकेट रह्यो ।

घरेलु टोलीका टिम भान डेर गुग्तेनले ३ विकेट लिए भने मुदासर बुखारी र पाउल भान मिकरेनले १–१ विकेट लिए ।

पाँचौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालले स्कोरबोर्डमा रन थप्न संघर्ष गर्नुपरेको थियो ।

१२ बलमा २ चौकासहित ११ रन जोडेका ज्ञानेन्द्र आउट हुँदा नेपाल १–२३ को स्थितिमा थियो ।

त्यसपछि ब्याटिङमा आएका शरद भेषावकरले ७१ बल खेलेर १४ रन जोडे । कप्तान पारस खड्काले शून्यमै मेरवेको बलमा एलबिडब्लु आउट भएपछि नेपालदबाबमा पर्‍यो ।

सागर पुनले ७ रन जोडे भने राजु रिजाल ३ बलमा २ रन बनाएर पवेलियन फर्किए । राजु आउट हुँदा नेपाल ५–६२को स्थितिमा थियो ।

१ चौका प्रहार गरेका विनोद भण्डारी ९ रन बनाएर आउट भए । सोमपाल कामीले २८ बलमा १२ रन बनाए । करण केसी शून्य र सन्दिप लामिछाने १ रनमा आउट हुँदा वसन्त रेग्मीले ७ रन जोडे ।

नेपालले शक्ति गौचनको स्थानमा तीब्र गतिका बलर करणलाई टोलीमा समावेश गरेको थियो ।  नेदरल्यान्ड्सका वेस्ले बर्रेसीले ३७, ओपनर स्टेफन माइबर्गले अविजित ३३ रन बनाए । रिप्पोन र बेन कुपरले समान ६ रनको स्कोर गरे । मेरवे ४ रनमा अविजित रहे । नेपालका करण केसी, वसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए । नेपालले अर्को खेल यसै मैदानमा सोमबार खेल्नेछ ।