☰ open Loading... 26 April 2024|  

व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित
  | ७ भाद्र २०७३, मंगलवार १७:१३

सल्यानका किसानहरु ब्यबसायिक आलु खेति तर्फ आक्रर्षित बन्दै गएका छन् । निर्बाहमुखी आलु खेती गर्ने किसानहरुले अहिले ब्यबसायिक रुपमा नै आलु खेती गर्न थालेका हुनर । सल्यान बाफुखोलका किसान आलु खेतिबाट नै मनग्य आम्दानी हुने भए पछि आफुहरु त्यसतर्फ आक्रर्षित बन्दै गएको उनीहरुको भनाई रहेको छ । आलु खेति गरेर नै उनीहरुले बर्षेणी करौडौं रकम भित्र्याउदै आइरहेका छन् ।

SAM_0108 - Copy
त्यहाँका किसानहरुले प्रतिघर बर्षेणी ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । सल्यान वाफुखोला वडा नम्बर १ का लिलबहादुर वलीले आलुखेती गरेर नै यहाँका कृषकहरुले जीवनयापन गर्ने गरेको बताए । उनले भने “यहाँको वर्षभरिको घरखर्च टार्ने खेति भनेको आलु खेती हो ।”

उनले थपे, “आलु खेती र पशुपालन यहाँको मुख्य पेशा हो । मैले १८ रोपनी जग्गामा आलु खेती गरेको हुँ । यो वर्ष १ सय ५० क्वीन्टल आलु फलेको छ । केही बेचेँ, केही वेच्न वाँकी छ । बजारको मूल्यमा बिक्री गर्दा ५ लाख हुन्छ ।”

यस्तै वडा नम्बर १ का ३६ बर्षिय कमानसिंह वलीले पनि वार्षिक ४ लाख ५० हजार रुपैयाँ बढीको आलु उत्पादन गर्दै आएको बताए । उनले भने, “आम्दानीको एक मात्र स्रोत आलु खेति भएको छ । ९ जनाको परिवार छ । केटा केटीको पढाइ खर्चसँगै घरब्यवहार चलाउने मेरो आलु खेती नै हो ।”

पैसा कमाउनको लागी भारतको कालापहाड जाने त्यहाँका किसान २०४८ साल पछि मात्रै आलु खेति शुरु भएको उनीहरु बताउँछन् । केही वर्ष पहिलेसम्म मकै फल्ने बारीमा आलुखेती गर्दा खिसी गर्ने गरेको वडा नम्बर २ का अगुवा कृषक गणबहादुर वलीले बताए । सुरुमा खेती गर्दा थोरैले शुरु गरेका थिए ।

कसैले पनि वाफुखोलामा आलु खेती गर्दा पत्याएका थिएनन् । उनले आफ्नो अनुभब यसरी भने, “वर्षभरि खाने अन्नवाली, मकै उब्जाउने फल्ने बारीमा आलु रोपेर राम्रो गरेन । चाहिने पो काम गर्नु पर्छ भनेर गाउँलेहरुले नै कुरा काट्थे ।”

वाफुखोलामा रहेका ७ सय ९९ घरधुरीमध्ये ब्यवसायिक रुपमा ५ सय ५० परिवारले आलु खेती आएका छन् । यो वर्ष गतवर्ष भन्दा आलुले भाऊ राम्रो पाएको कृषकहरु बताउछन् । उनीहरुले गत वर्ष २० देखि २२ रुपैयाँ प्रतिकिलो मूल्य पाएकोमा यो वर्ष ३० रुपैयाँ प्रति किलो मूल्य बिक्री गरिरहेका छन् ।

जिल्लाको वाँफुखोला, दमाचौर, शिवरथ, कोटवारा,ढाकाडाम लगायतका गाविसमा आलुखेति गरिदै आएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले जानकारी दिएका छन् । सल्यान, रुकुम, दाङ, नेपालगञ्ज, भैरहवा लगायतका शहरमा आलु व्यापारीहरुले लैजाने गरेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।