☰ open Loading... 26 April 2024|  

बँदेल अतंकले कृषक चिन्तित
  | २३ माघ २०७३, आईतवार १४:२७

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पुर्याउन थालेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पुर्याएको हो ।

दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ र मसुरो खानुका साथै खेतबारी फाँडेर नोक्सानी पुर्याएको बेलडाँडीका किसान मदनराज भट्टले बताए ।

वर्षमा दुई पटक मात्रै खेतमा बाली लगाउँछौं उनले भने, “सबै बाली निकुञ्जका संरक्षित जनावरले खाएर सखाप पार्ने गरेकाले परिवार पाल्नका लागि मजदुरी गर्नु परेको छ ।” अन्न फलाउनका लागि प्रर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरिद गरेर परिवार पाल्नुपरेको उनको गुनासो छ ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीमा बँदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बालीनाली नोक्सान पुर्याउँदै आएको छ ।  बेदकोट नगरपालिकाका चम्फापुरका किसान प्रकाश राना समेत निकुञ्जबाट खेतमा छिर्ने बँदेल, चितल र निलगाईले गहुँबालीका नोक्सानी पुर्याउँदै आएको बताउँछन ।

रानाका परिवारले खेतमै बनाइएको मचानमा रातभर पालैपालौ मिलाएर जनावर भगाउने गरेका छन् । एकथरी जनाबर भगायो अर्कोथरीले खेतमा छिरेर नोक्सानी पु¥याउने गरेको उनले बताए ।

यस क्षेत्रका झन्डै दुई दर्जन बढी किसानको तीन बिगा बढी खेतमा जङ्गली जनावरले गहुँबालीमा नोक्सानी पु¥याएको छ । यसैगरी, झलारी पिपलाडी नगरपालिका– ३ पिपलाडीका किसानको खेतमा समेत बँदेलले दिउँसै नोक्सानी गर्दै आएको स्थानीय मनराखु चौधरीले बताए । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पुर्याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने यहाँका किसानको माग छ ।