☰ open Loading... 26 April 2024|  

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु
  | २७ असार २०७४, मंगलवार १८:३५

डोल्पा । डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।  जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए ।

आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताए । बर्खायाम सुरु भएकाले काम गर्ने क्रममा बीच–बीचमा पानी परेर समस्या उत्पन्न हुने गरेको शाहीको भनाइ छ । कर्णालीका चारवटा विमानस्थल कालोपत्र भइसके तापनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्र गर्ने कार्य भर्खरै शुरु भएको छ ।