☰ open Loading... 26 April 2024|  

मध्यपश्चिमाञ्चलमा आत्महत्याको डरलाग्दो तथ्याङ्क
  | ५ श्रावण २०७४, बिहीबार ०८:०५

सुर्खेत : मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार यस क्षेत्रमा आत्महत्याको डरलाग्दो तथ्याङ्क रहेकाे छ । तीन वर्षको अवधिमा दुई हजार दुईसय चार जनाले आत्महत्या गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बढी आत्महत्याका घटना हुने मुलुकमध्ये नेपाल सातौं स्थानमा पर्छ । महिलाको आत्महत्याका घटनालाई मात्रै हेर्ने हो भने संसारमै तेस्रो स्थानमा नेपाल पर्छ । नेपालमा १५–४९ वर्ष उमेर समूहका महिलाको असामयिक मृत्युको प्रमुख कारण नै आत्महत्या रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

मध्यपश्चिममा आर्थिक वर्ष २०७१/०७२ मा ६८५ जनाले आत्महत्या गरेका छन् । तर आर्थिक वर्ष ०७२÷०७३ मा एकसयको संख्याले वृद्धि भइ ७८५ जनाले आत्महत्या गरेको क्षेत्रीय प्रहरी कार्यालयले ९बाँकी ४ पेजमा० जानकारी दियो । आर्थिक वर्ष २०७३/०७४ मा भने ७३४ जनाले आत्महत्या गरेका छन् ।

घातकरहित आत्महत्याचाहिँ रिसको आवेगमा आएर गरिने आत्महत्याको कोसिस भएको मनोरोग विशेषज्ञ बताउँछन् । मनोरोग विशेषज्ञका अनुसार यो प्रायः किशोरकिशोरी उमेरमा आफ्ना अभिभावकले गाली गर्दा, आमाले पिट्दा, परीक्षामा अनुत्तीर्ण हुँदा, आफ्नो केटा÷केटी साथीसँग झगडा पर्दा, आदि कारणहरू भएको पाइन्छन् ।

रोगीको मनमा रहेको दुःख, पीडा वा कुनै पनि समस्यालाई व्यक्त गराएर, सम्झाएर, बुझाएर आत्महत्या गर्ने कोसिसबाट बचाउनमा अभिभावक गम्भीर देखिन जरुरी रहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बताउँछन् । ति अधिकारीहरुका अनुसार आत्महत्या गर्नुको मुख्य कारण भने सबैको समान भेटिदैन् ।

घरायसी तनाव, सम्बन्धविच्छेदका, आर्थिक समस्या जस्ता कारणले आत्महत्या गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । उनका अनुसार अनुसन्धानले ९० प्रतिशतभन्दा बढी आत्महत्याको प्रमुख कारण मनो रोग देखाएको बताए । मनोरोग भन्नाले निराशापन, मादक पदार्थको अत्यधिक सेवन, कडा किसिमको मानसिक विचलन÷मानसिक बेचैनी आदी हुन् ।